२ हजार बढि मत गन्दा राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै


२ हजार बढि मत गन्दा राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै

नेपालगन्ज ३१ वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रतालाई कायमै राखेकाछन् ।

मध्यान्ह पौने ४ बजे प्राप्त अपडेट अनुसार कुल २ हजार ५७ भोट गणना गर्दा एमालेले अध्यक्ष पदमा ७७२ र उपाध्यक्ष पदमा ७८० मत पाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाली काँग्रेसले अध्यक्ष पदमा ७०१ र ६६८ मत प्राप्त गरेकोछ । एमालेको निकटतम प्रतिद्वन्द्वीका रुपमा काँग्रेसले सूर्यलाई पछ्याइरहेकोछ ।

यस्तै नेकपा माओबादी केन्द्रले अध्यक्ष पदमा ३४२ र उपाध्यक्ष पदमा ३१० मत प्राप्त गर्दा राप्रपाले अध्यक्षमा ५५ र उपाध्यक्षमा ६६ मत प्राप्त गरेकोछ ।