राप्तीसोनारीमा ६७ मतले पौडेल पछाडि


राप्तीसोनारीमा ६७ मतले पौडेल पछाडि

राप्तीसोनारी(बाँके) ३१ वैशाखः बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले अग्रता कायमै राखेकाछन् ।

शनिबार राती साढे १० बजेसम्म कुल ४ हजार १५३ मतगणना गर्दा एमालेका थारुले १६५४ मत ल्याउँदै पहिलो स्थानमा छन् । भने काँग्रेसका पौडेल १५८७ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा ६७ मतले पछि छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ७९६ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको १६६१, काँग्रेसकी मनिषासिंह थारुको १५६५ र माओवादीकी मन्जु रोकायले ६८६ मत पाएका छन् । मतगणना जारी छ ।