डुडुवा वडा नम्बर– १ मा काँग्रेसको प्यानल विजयी


डुडुवा वडा नम्बर– १ मा काँग्रेसको प्यानल विजयी

डुडुवा (बाँके) १ जेठ : बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वडा नम्बर– १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको हो ।

नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याए ।

तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत ल्याए । महिला वडा सदस्यमा नेपाली काँग्रेसका सुष्मा यादव (८९२), महिला दलित सदस्यमा कनिकतारा पासी (८५७), वडा सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी (८६५) र अर्का वडा सदस्य रामसागर लोनिया (८९३) मत ल्याउँदै विजयी भए ।

यसैगरि गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेशका नरेन्द्रकुमार चौधरीले ९६२ मत ल्याएर अग्रस्थानमा रहेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सरोजकुमारी यादवले ८५० मत प्राप्त गरेकीछन् । र, जसपाका भण्डारीलाल यादवले ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरि गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका शाहिदा बानोले ९३३ मत ल्याएर अग्रस्थानमा रहेकीछन् । नेकपा एमालेका शकिल खाँले ८२१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन् । वडा नम्बर १ मा कुल खसेको २६९५ मतमा १४४ मत बदर भएको थियो ।

अहिले वडा नम्बर– ६ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।