डुडुवा (बाँके) १ जेठ : बाँके डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । वडा नम्बर– १ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको हो ।
नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पटेश्वर कुर्मीले ८४२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण गोपाल यादवले ७६० मत ल्याए ।
तेस्रो स्थानमा जनता समाजबादी पार्टीका बद्री यादवले ३२९ मत ल्याए । महिला वडा सदस्यमा नेपाली काँग्रेसका सुष्मा यादव (८९२), महिला दलित सदस्यमा कनिकतारा पासी (८५७), वडा सदस्यमा ज्ञानेन्द्र कुमार चौधरी (८६५) र अर्का वडा सदस्य रामसागर लोनिया (८९३) मत ल्याउँदै विजयी भए ।
यसैगरि गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेशका नरेन्द्रकुमार चौधरीले ९६२ मत ल्याएर अग्रस्थानमा रहेका छन् । दोस्रो स्थानमा नेकपा एमालेका सरोजकुमारी यादवले ८५० मत प्राप्त गरेकीछन् । र, जसपाका भण्डारीलाल यादवले ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेकाछन् ।
यसैगरि गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका शाहिदा बानोले ९३३ मत ल्याएर अग्रस्थानमा रहेकीछन् । नेकपा एमालेका शकिल खाँले ८२१ मत ल्याएर दोस्रो स्थानमा रहेकाछन् । वडा नम्बर १ मा कुल खसेको २६९५ मतमा १४४ मत बदर भएको थियो ।
अहिले वडा नम्बर– ६ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’