खजुरामा सुमनले गठबन्धनलाई पछि पारे, २ वटा वडामा गठबन्धका उम्मेदवार विजयी


खजुरामा सुमनले गठबन्धनलाई पछि पारे, २ वटा वडामा गठबन्धका उम्मेदवार विजयी

नेपालगन्ज १ जेठ : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका सुमन मल्लले अग्रता कायमै राखेकाछन् ।

आईतबार राती साढे १० बजेसम्म प्राप्त अपडेट अनुसार नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार मल्लले ४ हजार २१९ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकाछन् ।

यस्तै एमालेकै उपाध्यक्षका उम्मेदवार ताजरुन निसाले कुल ३ हजार ६२८ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकी छन् ।

खजुरामा काँग्रेस–बाम गठबन्धन रहेकोछ । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका डम्बरबहादुर विक तुफान ३ हजार ३९० मत प्राप्त गरि सुमनलाई पछ्याइरहेकाछन् । भने गठबन्धनबाटै उपाध्यक्ष पदकी उम्मेदवार काँग्रेसकी मञ्जु मल्लले ३ हजार ५ सय मत प्राप्त गरेकी छन् । आईतबार रातीसम्म खजुराको वडा नम्बर १ गठबन्धनका उम्मेदवार मनवीर क्षेत्री र वडा नम्बर २ मा गठबन्धनका उम्मेदवार धनिराम ओलीले विजयी भएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

२०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेका सुमन मल्ल विजयी भएका थिए । एमालेको पकड मानिने १ नम्बर वडामा यसपटक काँग्रेसका मनवीर क्षेत्री १८५ मत अन्तरले विजयी बनेका हुन् ।

यस्तै वडा नम्बर २ मा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदार समर बहादुर खत्रीलाई ओलीले ३ सय ७८ मत अन्तरले हराए । उनले २ हजार ४ सय २९ मत प्राप्त गरे ।