नेपालगन्ज १ जेठ : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बनेका सुमन मल्लले अग्रता कायमै राखेकाछन् ।
आईतबार राती साढे १० बजेसम्म प्राप्त अपडेट अनुसार नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार मल्लले ४ हजार २१९ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकाछन् ।
यस्तै एमालेकै उपाध्यक्षका उम्मेदवार ताजरुन निसाले कुल ३ हजार ६२८ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेकी छन् ।
खजुरामा काँग्रेस–बाम गठबन्धन रहेकोछ । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका डम्बरबहादुर विक तुफान ३ हजार ३९० मत प्राप्त गरि सुमनलाई पछ्याइरहेकाछन् । भने गठबन्धनबाटै उपाध्यक्ष पदकी उम्मेदवार काँग्रेसकी मञ्जु मल्लले ३ हजार ५ सय मत प्राप्त गरेकी छन् । आईतबार रातीसम्म खजुराको वडा नम्बर १ गठबन्धनका उम्मेदवार मनवीर क्षेत्री र वडा नम्बर २ मा गठबन्धनका उम्मेदवार धनिराम ओलीले विजयी भएकाछन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेका सुमन मल्ल विजयी भएका थिए । एमालेको पकड मानिने १ नम्बर वडामा यसपटक काँग्रेसका मनवीर क्षेत्री १८५ मत अन्तरले विजयी बनेका हुन् ।
यस्तै वडा नम्बर २ मा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदार समर बहादुर खत्रीलाई ओलीले ३ सय ७८ मत अन्तरले हराए । उनले २ हजार ४ सय २९ मत प्राप्त गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’