नरैनापुर (बाँके) २ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित मतगणना पुनः सुरु गरिएको छ । यसअघि शनिबार मध्यराती २ हजार ७ मतगणना हुँदा विवाद भएपछि मतगणना स्थगित गरिएको थियो ।
मतगणनाका लागि सोमबार नेपालगन्जबाट नयाँ कर्मचारी नरैनापुर पुगेपछि पुन : मतगणनाले निरन्तरता पाएको हो ।
यता बाँकेको बैजनाथ गाउँपालिकामा आईतबारदेखि स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन । मतगणनामा खटिएका कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठेपछि बाँकेको बैजनाथ गाउँपालिकाको मतगणना स्थगित गरिएको थियो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हुन् । यद्यपी विवाद मिलाउन र मतगणना पुनः सुचारु गर्न भरपुर प्रयास भइरहेको बताइएकोछ ।
थप समाचार
मतगणनमा खटिएका कर्मचारीले बदमासी गरेको भन्दै बैजनाथको मतगणा स्थगित
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?