नरैनापुरमा रोकिएको मतगणना सुरु, बैजनाथमा विवाद कायमै


नरैनापुरमा रोकिएको मतगणना सुरु, बैजनाथमा विवाद कायमै

नरैनापुर (बाँके) २ जेठ : बाँकेको नरैनापुर गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित मतगणना पुनः सुरु गरिएको छ । यसअघि शनिबार मध्यराती २ हजार ७ मतगणना हुँदा विवाद भएपछि मतगणना स्थगित गरिएको थियो ।
मतगणनाका लागि सोमबार नेपालगन्जबाट नयाँ कर्मचारी नरैनापुर पुगेपछि पुन : मतगणनाले निरन्तरता पाएको हो ।

यता बाँकेको बैजनाथ गाउँपालिकामा आईतबारदेखि स्थगित भएको मतगणना अझै सुचारु हुन सकेको छैन । मतगणनामा खटिएका कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठेपछि बाँकेको बैजनाथ गाउँपालिकाको मतगणना स्थगित गरिएको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्न कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हुन् । यद्यपी विवाद मिलाउन र मतगणना पुनः सुचारु गर्न भरपुर प्रयास भइरहेको बताइएकोछ ।

थप समाचार

Kids Festival 2022
kanti aarogya hospital

मतगणनमा खटिएका कर्मचारीले बदमासी गरेको भन्दै बैजनाथको मतगणा स्थगित