नेपालगन्ज ३ जेठ : सरकारले सार्वजनिक यातायातको भाडा बढाएकोछ । केही दिन अघि मात्रै डिजेल र पेट्रोलको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि भएको थियो ।
सरकारले भोलिबाट लागु हुने गरि राष्ट्रिय स्तरका रुटमा भाडा वृद्धि गरेको हो ।
स्वचालित भाडा समायोजन अनुसार सार्वजनिक सवारीको भाडा वृद्धि हुन लागेको यातायात व्यवस्था कार्यालयले बताएको छ । पेट्रोलियम पदार्थमा ५ प्रतिशत तलमाथि हुँदा भाडा पनि तलमाथि हुने व्यवस्था रहेको छ ।
यातायात व्यवस्था विभागले भोलिदेखि भाडा वृद्धि हुने गरेर नयाँ भाडा दर निकालेको छ । मालवाहक सवारीमा ५.१ प्रतिशत, अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ३.५ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा वृद्धि भएको हो ।
योसंगै नेपालगन्जदेखि ५३१ किलोमिटर दुरीमा रहेको काठमाण्डौंसम्मको नयाँ भाडा १४६४ रुपैयाँ हुने भएकोछ । यसअघि १४१५ रुपैयाँ रहेको थियो ।
सरकारले भने सर्वसाधारण स्थानीय तहको मत परिणाममा केन्द्रित भएको बेला एकै पटक पेट्रोल र डिजेलको मूल्य प्रतिशत वृद्धि गरेको थियो । अझै पनि नेपाल आयल निगमको घाटा काम गर्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनसक्ने अवस्था रहेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’