बाँकेमा काँग्रेसले जित्यो दुई पालिका : दोस्रो कार्यकालका लागि डुडुवामा नरेन्द्र बहुमतले विजयी


बाँकेमा काँग्रेसले जित्यो दुई पालिका : दोस्रो कार्यकालका लागि डुडुवामा नरेन्द्र बहुमतले विजयी

नेपालगन्ज ३ जेठ : बाँकेमा नेपाली काँग्रेसले दुई वटा पालिकामा जित निकालेकोछ । बाँकेका ८ पालिका मध्ये राप्तीसोनारी र डुडुवा गाउँपालिकामा काँग्रेसले जित हाँसिल गरेको हो । मङ्गलबार अबेर राती आएको अन्तिम मत परिणामले डुडुवा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ बहुमतले निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रेसकी साहिदा बानो निर्वाचित भएकी छन् ।

उनले जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोलाई पराजित गरेकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रले कुल ६ हजार २७२ मत ल्याउँदै विजयी बने । उनका निटकतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलालले ५ हजार १२५ मत प्राप्त गरे । भने नेकपा एमालेकी सरोजकुमारी यादवल ३ हजार ७१९ मत पाउँदा नेकपा माओबादीका जगदिश बहादुर सिंहले २४७ मत पाए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा शाहिदा बानोले ५ हजार ८८४ मत ल्याउँदै विजयी भइन । शाहिदाको निकटतम प्रतिद्वन्द्वी तरन्नुम बानोले ४ हजार ७५४ मत प्राप्त गर्दा नेकपा एमालेका शकिल अहमद खाँले ४१५८ र नेकपा माओबादीकी प्रेम कुमारी शाहीले ४६२ मत पाइन् ।

यसअघि बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित भइसकेकाछन् ।

गाउँपालिका अध्यक्षमा तप्तले कुल १० हजार ११२ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा माओबादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत ल्याए । तप्त र थारुबीचको मतान्तर ८२० रहेकोछ ।
यस्तै मतगणनाको सुरुवातीदेखि काँग्रेस र एमालेबीच मतको उछिनपिछिन भइरहेको थियो । तर, नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाए । उनी तेस्रो स्थानमा समेटिए ।

यसअघि २०७४ मा पनि राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले जितेको थियो ।

राप्तीसोनारी गाउँपालिकाको उपाध्यक्षमा विजयी काँग्रेसकी उम्मेदवार मनिषासिंह थारुले १० हजार १३४ मत ल्याइन् । उनलाई नेकपा माओबादीकी चमेली कुमारी बाकवलले पछ्याइरहेकी थिइन् । चमेली कुमारीले ९ हजार ३४१ मत प्राप्त गर्दा मनिषा र चमेलीबीच ७९३ मतान्तर रह्यो ।

नेकपा माओबादीकी मन्जुकुमारी रोकायले ८ हजार ७९३ मत प्राप्त गर्दा राप्राकी शोभा डिसीले एक हजार ७८९ मत प्राप्त गरिन् ।

उक्त गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले निर्वाचित भएको छ । भने, वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै वडा नम्बर ६ मा भने राप्रपा निर्वाचित भएको छ । उक्त गाउँपालिकामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ५ वटा वडा जितेको थियो ।

राप्तीसोनारी गाउँपालिकामा कूल जनसंख्या ६७,७८२ रहेको छ । भने कुल मतदाता संख्या ४४,८१२ रहेको छ । जसमा २२,०६५ पुरुष र २२,७४६ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।

थप समाचार

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त ८२० र मनिषा ७९३ मतान्तरले विजयी