नेपालगन्ज १० जेठ : नेपाल प्रेस युनियनको नवौं महाधिवेशन स्थगित भएकोछ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले एक प्रेस विज्ञप्ती जारी गर्दै युनियनको अधिवेशन स्थगित गरिएको जनाएका छन् । यसअघि युनियनको नवौँ महाधिवेशन यही जेठ १३ र १४ गते हेटौँडामा गर्ने तयारी थालिएको थियो ।
‘नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन २०७९ साल जेठ १३ र १४ गते हेटौँडामा निर्धारण गरिएको सर्वविदितै छ । सो महाधिवेशनको तयारी अघि बढिरहेकै समयमा नेपाली काँग्रेसले गत बैशाख २१ गते प्रेस विज्ञप्ति जारी गरी भ्रातृ र शुभेच्छुक संस्थाको महाधिवेशन स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुन्जेलसम्मका लागि स्थगित गर्न गरेको निर्देशन अवगत नै छ ।
यसै सन्दर्भमा अझै पनि कतिपय स्थानीय तहको निर्वाचन परिणाम पूर्ण रुपमा आइनसकेको अवस्था र मौसमी प्रतिकुलतालाई समेत मध्यनजर गर्दै नेपाल प्रेस युनियनको यही जेठ १३ र १४ गते निर्धारित नवौँ महाधिवेशन स्थगित गरी सो महाधिवेशन २०७९ साल भदौ २१ र २२ गते हेटांैडामा नै गर्ने गरी नेपाल प्रेस युनियन सचिवालयको यही जेठ १० गते बसेको आकस्मिक बैठकले निर्णय गरेको जानकारी गराइन्छ । आगामी भदौ २१ र २२ गतेका लागि तय भएको नवौँ महाधिवेशनको तयारीमा सम्पूर्ण युनियनकर्मीहरु क्रियाशीलताका साथ जुट्नु हुनेछ भन्ने विश्वास छ ।’ अध्यक्ष सिग्देलद्वारा जारी विज्ञप्तीमा आगडी भनिएकोछ ।
यस्तै अध्यक्ष सिग्देलले युनियनको ३१ औं स्थापना दिवस सभ्य र भब्यरुपमा मनाउन पनि अपील गरेकाछन् । ‘यही जेठ १३ र १४ गतेका लागि निर्धारित महाधिवेशन समयमै गर्न नसकिएकोप्रति क्षमायाचना गर्दै अब तोकिएको समयमा महाधिवेशन हुने विश्वासका साथ प्रतिवद्धता व्यक्त गर्दछौँ । साथै नेपाल प्रेस युनियनको ३१औँ स्थापना दिवस यही जेठ १३ गते विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला शाखा, प्रतिष्ठान शाखा र विदेशस्थित शाखाहरुलाई हार्दिक अपील समेत गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेखछ ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी