File Photo
नेपालगन्ज १० जेठ : पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत जनताबाट अनुमोदन भएका जनप्रतिनिधी जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्न भन्दै काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले शुभकामना दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै पालिकामा नेपाली काँग्रेस तथा सत्तारुढ दलहरुको चुनावी गठबन्धनका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधीलाई बाँके काँग्रेस सभापति नारायणप्रसाद गौडेलले बधाई तथा शुभकामना दिएका हुन् ।
सभापति गौडेलले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यलाई बधाई तथा शुभकामना दिए।
पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत जनताबाट अनुमोदन भएका जनप्रतिनिधी जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्नेमा उनले विश्वास लिएका छन् ।
पार्टीको शीर सदैव उँचो हुने गरी काम गर्दै जनतामा आशा र भरोसा जगाउने कर्ममा लाग्न सबै नवनिर्वाचित जनप्रतिनिधिलाई हार्दिक गौडेलले आब्हान गरेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागी भई सफलता हाँसिल गर्न नसकी उपविजेता बनेका सबैलाई उच्च मनोवलका साथ जनतासँगको साक्षात्कारमा सँग–सँगै रहँदै संगठन निर्माण र जनताका पीरमर्का र समस्यामा हातेमालो गर्न आग्रह गरेका छन् । भविष्यमा सफलता हाँसिल गर्ने अठोट लिएर अगाडि बढ्न आह्वान पनि गरेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’