File Photo
नेपालगन्ज १० जेठ : पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत जनताबाट अनुमोदन भएका जनप्रतिनिधी जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्न भन्दै काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले शुभकामना दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै पालिकामा नेपाली काँग्रेस तथा सत्तारुढ दलहरुको चुनावी गठबन्धनका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधीलाई बाँके काँग्रेस सभापति नारायणप्रसाद गौडेलले बधाई तथा शुभकामना दिएका हुन् ।
सभापति गौडेलले एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यलाई बधाई तथा शुभकामना दिए।
पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत जनताबाट अनुमोदन भएका जनप्रतिनिधी जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्नेमा उनले विश्वास लिएका छन् ।
पार्टीको शीर सदैव उँचो हुने गरी काम गर्दै जनतामा आशा र भरोसा जगाउने कर्ममा लाग्न सबै नवनिर्वाचित जनप्रतिनिधिलाई हार्दिक गौडेलले आब्हान गरेका छन् ।
निर्वाचन प्रक्रियामा सहभागी भई सफलता हाँसिल गर्न नसकी उपविजेता बनेका सबैलाई उच्च मनोवलका साथ जनतासँगको साक्षात्कारमा सँग–सँगै रहँदै संगठन निर्माण र जनताका पीरमर्का र समस्यामा हातेमालो गर्न आग्रह गरेका छन् । भविष्यमा सफलता हाँसिल गर्ने अठोट लिएर अगाडि बढ्न आह्वान पनि गरेका छन् ।