महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपालगन्जमा, केके छन् विशेषता ?

महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरूमा उपस्थिति


महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपालगन्जमा, केके छन् विशेषता ?

नेपालगन्ज १३ जेठ : महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस)ले नयाँ ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीले महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित उक्त ट्रयाक्टर नेपाली बजारमा ल्याएको हो ।

ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ । नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरू क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको कम्पनीले जानकारी दिएको छ ।

शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि (भारत) र अग्नि ग्रुपपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने भएको छ ।

सो अवसरमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने ‘बदलिँदो समयसँगै किसानहरूको विकासित भइरहेका छन् र कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजी भइरहेको छ । नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं । यो शक्तिशाली, कुशल इन्धन श्रृंखलाले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, जसले गर्दा यो कुनै सम्झौता नगरिएको ट्राक्टरको रुपमा स्थापित गरेको छ । यस सँगै बजारमा हाम्रो स्थिति थप मजबुत बनाउनेमा हामी ढुक्क छौं ।’

सो अवसरमा अग्नि ग्रपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पु–याउन सक्षम बनाउने नयाँ एसपीप्लस श्रृङ्खला प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यो नयाँ ट्रायाक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ । यस श्रृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ । महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण पनिहो, जुन एक किसिमले हाम्रा ग्राहकहरु प्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्ट भन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी हो ।’

महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरूमा उपस्थिति

महिन्द्रा संख्यात्मक आधार विश्वकै नम्बर १ ट्रयाक्टर उत्पादक कम्पनी हो । सन् १९६३ मा संयुक्त राज्य अमेरिकाको इन्टरनेसनल हार्भेस्टर इंकसँगको संयुक्त उद्यममार्फत आफ्नो पहिलो ट्रयाक्टर ल्याएयता अन्तर्राष्ट्रिय महिन्द्रा एन्ड महिन्द्रा मार्च २०१९ सम्म ३० लाख ट्रयाक्टर बिक्रीगर्ने पहिलो भारतीय ट्रयाक्टर ब्रान्ड बन्न पुग्यो, जसमा विश्वव्यापी ग्राहकहरूलाई गरिएको बिक्री समावेश छ ।

खाल्डाखुल्डीयुक्त र निर्मम भू–भागमा आफ्नो असाधारण निर्माण गुणस्तरयुक्त र कार्य क्षमता प्रदर्शनको लागि प्रसिद्ध, महिन्द्राका ट्राक्टरहरूले कम्पनीलाई डेमिङ अवार्ड र जापानी क्वालिटी मेडल दुवै जिताएका छन् । महिन्द्रा एन्ड महिन्द्रा यो उपलब्धि हासिल गर्ने एक मात्र ट्राक्टर उत्पादक कम्पनी हो र आज घरेलु तथा विश्वबजार दुवैका लागि बहु–कार्यात्मक प्रयोगका लागि विकसित सबैभन्दा विविध दायरा भएको ट्रयाक्टरहरू मध्ये एक भएको छ ।

महिन्द्राको ५ महादेशका ५० भन्दा बढी देशहरूमा उपस्थिति छ र अमेरिका भारतबाहिर कम्पनीको लागि सबैभन्दा ठूलो बजार हो । आज महिन्द्राको विश्वव्यापी उत्पादन र एसेम्बली उपस्थिति रहेको छ जसमा उत्तरी अमेरिका, ब्राजिल, फिनल्याण्ड, टर्की र जापानमा सहायक कम्पनीहरूमार्फत स्थलगत उपस्थिति छ ।