नेपालगन्ज १४ जेठ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेकोछ ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको हो । राष्ट्रपति विद्या भण्डारीले गत ज्येठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे लगत्तै सांसदहरूको बहुमतले पारित गरे । यस अघि सांसदहरू भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राख्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो ।