नेपालगन्ज १५ जेठ : जमुनाह नाकाबाट दैनिक करिब १६ लाखको पेय पदार्थ डिउ तस्करी हुने गरेकोछ । गर्मी बढेसंगै भारतीय बजार रुपैडिहाबाट दिनहुँ करिब १६ लाखको कोक, डिउ, फेन्टा र स्प्राईट जस्ता पेय पदार्थ तस्करी हुने गरेको पाइएको हो ।
दिनहुँ ठूलो मात्रामा डिउ तस्करी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बसिरहेकोछ । खुलेयाम भारतमा उत्पादित यस्ता पेय पदार्थ तस्करी भइरहदाँ रोक्ने काम समेत भएको छैन ।
भारतमा उत्पादित यी पेय पदार्थ नेपाली बजारभन्दा केही सस्तो हुने भएकाले दिनहुँ पैदल, मोटरसाईकल तथा रिक्सामा घरेलु प्रयोजनका लागि भन्दै नेपाल तस्करी हुदैँ आएको छ ।
नेपालगन्जमा भण्डारण गर्ने र महंगोमा बेच्ने हुदाँ नेपालमा उत्पादन हुने कोक, डिउ, फेन्टा, स्प्राइट जस्ता पेय पदार्थ विक्री वितरणमा समेत भारी गिरावट आएको छ । भन्सार छलि गरि भारतीय बजार रुपैडिहाबाट अबैधरुपमा ल्याइएका यस्ता पेय पदार्थले नेपाली बजारमा कब्जा जमाइरहँदा यहाँको ब्यापार व्यवसाय धरासय बन्दै गएको छ ।

भारतीय बजारबाट भन्सार छलि गरि ल्याइएका कोक, फेन्टा, स्प्राईट, डिउ जस्ता पेय पदार्थको एउटै बोतलमा ५०–६० रुपैयाँसम्म नाफा खाने गरेका छन् ।
नेपाली बजारभन्दा भारतीय बजारमा सस्तोमा पाइने भएकाले दिनहुँ सयौं मान्छेले क्यारिङ्ग गरि नेपालगन्जका पसल–पसलमा बेच्ने गरेकाछन् । भारतीय बजारमा सस्तोमा पाइने भएपछि नेपालीहरुले त्यहीबाट पेय पदार्थ ल्याउने गरेका छन् ।
घरेलु प्रयोजनका लागि भन्दै ल्याइने यस्ता पेय पदार्थ नेपालगन्जमा भण्डारण गरि नेपालगन्ज र छिमेकी जिल्लाहरुमा समेत महंगोमा बेच्ने गरिएकोछ । युनिलिभरका कुनैपनि उत्पादन एक देशदेखि अर्को देश लान पाइदैन ।
यसअघि भारतबाट भन्सार छलि ल्याइएका पेय पदार्थमा कडा कदम चाल्दै नेपालगन्ज भन्सार कार्यालयले उक्त सामाग्री ल्याउन रोक समेत लगाएको थियो । भने बजार अनुगमनमा भारतबाट भित्रिएका पेय पदार्थ बरामद गरी नष्ट समेत गरिएको थियो ।
जिल्लाका पसलहरुमा अबैध पेय तथा खाद्य पदार्थ भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यवस्था छ । तर, खाद्य तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज भन्सार कार्यालय, प्रहरी र प्रशासनको मौनताका कारण नेपालगन्जमा भारतीय पेय पदार्थले कब्जा जमाइरहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’