नेपालगन्ज १५ जेठ : सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।
२०७९/८० को बजेट भाषण मार्फत अर्थमन्त्री जर्नादन शर्माले उक्त कुरा बताएका हुन् ।
यस्तै सरकारले आगामि आर्थिक वर्षदेखि जडीबुटी खेतिको बीमा गर्ने व्यवस्था मिलाइने भएको छ ।
‘जडीबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ । सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ। पहाडी र हिमाली भेगमा पाइने बहुमूल्य एवं बहुउपयोगी जडीबुटीहरुको प्रशोधन उद्योगलाई प्रोत्साहन गरिनेछ । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडीबुटीको प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने व्यवस्था मिलाइएको छ । जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाइएको छ,’ बजेट भाषणका क्रममा मन्त्री शर्माले भने ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?