नेपालगन्ज १५ जेठ : सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रलाई प्राथमिकता दिइएको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको अधिकांश अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना पनि बजेट समेटिएका छन् ।
जसमा दाडको राप्ती राजमार्गअन्तर्गतको अमिलिया–तुलसीपुर–सल्यानलगायतको सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ । भैरहवामा भएको विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा सञ्चालन भएको विशेष आर्थिक क्षेत्र सेजलाई पूर्णरुपमा संचालनमा ल्याइने छ ।
यस्तै भैरहवामा गौतमबुद्ध विमानस्थललाई पूर्णरुपमा संचालन गर्दै दोस्रो टर्मिनलको काम तत्काल निर्माण सुरु गरिने छ । यस्तै रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण कार्य हुने छ । त्यसको लागि आवश्यक बजेट छुट्टयाइएको जनाइएको छ ।
क्षेत्रीय कारागार बाँकेको निर्माणका लागि बजेट छुट्टयाइएको छ । बाँकेसहित देशका १० वटा कारागारको लागि एकमुष्ट ३७ करोड छुट्याइएको छ । यस्तै रुपन्देहीको भैरहवामा एकीकृत जाँच चौकी निर्माण, बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न सम्भाव्यता अध्ययन, बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वयमा आयोजना अगाडि बढाइने उल्लेख छ ।
यस्तै बुटवल– नारायणगढ सडक आगामी आबमा निर्माण सम्पन्न गरिने छ भने बुटवल–गोरुसिङ्गे सडक निर्माणका लागि डिपिआर निर्माण, रुपन्देहीको तिनाउ नदीमा बहुउद्देश्यीय सिग्नेचर ब्रिज निर्माणको डिपिआर बनाउने छ ।
यस्तै बुटवल– बेलहिया सडक आगामी वर्ष निर्माण सम्पन्न गरिनेछ । यस्तै बुटवल र पाल्पामा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ । दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ । बन्द रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै बुटवल भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिने, रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । यस्तै सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत रुपन्देहीको तिनाउ दानव नदी करिडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम गरिने उल्लेख छ । चितवन– रामपुर–बुटवल द्रुत मार्ग नयाँ योजनाका लागि बजेट व्यवस्था गरिएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’