नेपालगन्ज १६ जेठ : गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष राम डाँगीले वडा नम्बर ४ लाई उत्कृष्ट वडा बनाउने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।
यहाँका जनताले विश्वास गरेर आफूलाई जिताएको भन्दै वडाअध्यक्ष डाँगीले निर्वाचनको समयमा गरेको बाचा जसरी पनि पुरा गर्ने बताए ।
उनले भने–‘कृषि, पर्यटन र यहाँको पूर्वाधार विकासमा मैले जनभावनाअनुरुप काम गर्नेछु ।’ सिचाईको समस्या समाधानका लागि दिनरात खटेर काम गर्ने डाँगीले बताउँदै अगाडी थपे–‘यहाँका नागरिकहरु कोही पनि पिउने पानीबाट बञ्चित नहोउन् भन्नेमा म गम्भीर छु ।’
वडाअध्यक्ष डाँगी सेतोखरीसंग कुरा गर्दै भने–‘परम्परागतरुपमा आधारित कृषि पेशालाई बढावा दिदैं गुर्भाकोटलाई कृषि एवम पशुपालनको हव बनाउने गरि आफू लाग्ने बताए ।’
वडाअध्यक्ष डाँगीले कसैप्रति पनि आग्रहपूर्वाग्रह नराखी सेवा प्रवाह गर्दै विकासको मूल फुटाउने बताए ।
गुर्भाकोट वडा नम्बर ४ मा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा डाँगीसहित काँग्रेसको प्यानल निर्वाचित भएकोछ ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी