नेपालगन्ज १६ जेठः जानकी गाउँपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका छन् । भने जनता समाजवादी पार्टी(जसपा) र नेकपा एमालेका उम्मेदवार पराजित भए ।
उक्त निर्वाचनमा काँग्रेस र माओवादी बीच र जसपा तथा एमालेबीच चुनावी तालमेल भएको थियो । निर्वाचनमा काँग्रेसकी उम्मेदवार कमलादेवी यादव, कान्ति काँदु, निर्मला हरिजन र रामअचल धोवी तथा नेकपा माओवादीका तारावति खटिक र राजेन्द्र सिंह निर्वाचित भएका हुन् ।
निर्वाचित भएका सबैले १९/१९ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकामा अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादवसहित कुल ३२ जनाले मतदान गरेका थिए । जानकीमा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसँगै बोर्डले पुर्णता पाएको छ ।
यहाँ १४ सदस्यीय कार्यपालिका गठन भएको छ । बोर्डमा अब कांग्रेसका ९ जना, माओवादी केन्द्रका ३ र जसपाका २ जनाले प्रतिनिधित्व गर्नेछन् । कुल ६ वटा वडा रहेको जानकी गाउँपालिकाको बोर्डमा काँग्रेसले पूर्ण रुपले बहुमत प्राप्त गरेको छ ।