नेपालगन्ज १७ जेठ : नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा जारी आईएफजेको ‘वर्ल्ड कंग्रेस’ बाट उनी कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् ।
भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सिग्देल निर्वाचित भएको पुष्टि गरेका छन् ।
उनका अनुसार सिग्देल एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् ।
प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।
हाल नेपालबाट अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेमा नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ मात्र रहेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’