नेपालगन्ज १७ जेठ : नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा जारी आईएफजेको ‘वर्ल्ड कंग्रेस’ बाट उनी कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् ।
भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सिग्देल निर्वाचित भएको पुष्टि गरेका छन् ।
उनका अनुसार सिग्देल एसिया प्यासिफिक अन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गर्दै आईएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएका हुन् ।
प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।
हाल नेपालबाट अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त गर्नेमा नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघ मात्र रहेकोछ ।