राजनीति गर्ने छुट दिइनेछैन : नगरप्रमुख विष्ट


राजनीति गर्ने छुट दिइनेछैन : नगरप्रमुख विष्ट

नेपालगन्ज १७ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताएका छन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराए ।

उनले कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन समेत आग्रह गरे ।

नेपालगन्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उनले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने तर्क राखे ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत लगायत कर्मचारी र जन निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वसन्त कनोजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथ ग्रहण गरेका थिए ।