नेपालगन्ज १७ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताएका छन् ।
नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराए ।
उनले कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन समेत आग्रह गरे ।
नेपालगन्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उनले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने तर्क राखे ।
प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत लगायत कर्मचारी र जन निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वसन्त कनोजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथ ग्रहण गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’