नेपालगन्ज १८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्वद्ध शाखा प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिएकाछन् ।
सुर्खेतरोडको ग्रिनरी क्षेत्रमा लगाइएका फुलका विरुवा काँटछाँट गर्नेक्रममा केही फुल समेत काटिएको विषय सामाजिक सञ्जाल सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्बद्ध कर्मचारी(माली)हरुलाई बोलाएर यस विषयमा जानकारी लिदै नगरको सौन्दर्यकरणमा ईमान्दारितापुर्वक लान निर्देशन दिए ।
उनले फुलहरु फुलेको समयमा काँटछाँट गर्ने कार्यले नगरबासीमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै आगामी दिनमा यसखालका नियमित काम गर्दा आफै सोच विचार गर्न आग्रह गरे । फुलहरु फुलेको समयमा भन्दा पनि नफुलेको समयमा काँटछाँट गर्न उनले आग्रह गरे ।
सम्बद्ध शाखा प्रमुख तथा मालीहरुले भने विरुवाहरुको काटछाँट नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले फुल काट्ने भन्दा पनि त्यसको थप सौन्दर्यकरणका लागि आफुहरुले काम गरेको भन्दै आगामी दिनमा फुललाई क्षति हुन नदिन थप सचेत हुने बताए ।
फुलको संरक्षण र थप सौन्दर्यका लागि फलामे डण्डाभित्र राख्न काटछाँट अनिवार्य गर्नुपर्ने उनीहरुको भनाई छ ।
यसैबीच ग्रीन एण्ड क्लिन नेपालगन्ज अभियानले बुधबार नगर प्रमुख प्रशान्त विष्ट समक्ष नेपालगन्जको सौन्दर्यकरण तथा सरसफाईका लागि ३ बुँदे सुझाव दिएको छ ।
अभियानका संयोजक डाक्टर विनोद कर्णको अगुवाईमा रहेको टोलीले सौन्दर्यकरण, सरसफाई र ब्यवस्थित शहरका लागि गर्नुपर्ने काम समेटेर ३ बुँदे सुझाव पेश गरेको छ । सो अवसरमा नगर प्रमुख विष्टले नगरको सरसफाई र सौन्दर्यकरणका लागि आफु गम्भीर रहेको भन्दै ग्रीन एण्ड क्लिन नेपालगन्ज अभियानसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’