अन्तरघातिलाई माओवादी केन्द्रले कारवाही गर्‍यो


अन्तरघातिलाई माओवादी केन्द्रले कारवाही गर्‍यो

गुलरिया(बर्दिया) १९ जेठ : गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै नेकपा माओवादी केन्द्र बर्दियाले गुलरिया नगरपालिकाका नगर उपाध्यक्ष र सचिवसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेकोछ ।

स्थानीय तहको निर्वाचनमा गुलरिया नगरपालिकामा पार्टिको आधिकारिक उम्मेदवारहरुलाई हराउन, भ्रामक प्रचार गर्ने, पार्टिको नीति विधि उल्लङ्घन गरी पार्टि अनुशासन विपरित कार्य गरी निर्वाचनमा घात गरेको देखिएकोले पार्टि विधान अनुसार अध्याय १२ को धारा ५६ को व्यवस्था अनुसार साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपा माओवादी केन्द्र नगर समिति अध्यक्ष गेहेन्द्र प्रसाद ढकालले जानकारी दिए ।

साधारण सदस्य समेत नरहने गरी कारबाहीमा पर्नेहरुमा नगर उपाध्यक्ष भक्तबहादुर थापा, नगर सचिव राजकुमार मैनाली, कार्यलय सदस्य मेघराज सिग्देल, पुर्व जिल्ला कमिटि सदस्य रामनारायण प्रसाद केशरी, नगर सचिवालय सदस्य सुन्दर विष्ट, वडा कमिटि अध्यक्ष लिलाबहादुर सुनार, नगर कमिटि सदस्य खलबहादुर विक, नगर कमिटि सदस्य चुके कामी, संगठित सदस्य रंगीलाल थारु र गुलरिया नगरपालिकाको कार्यालय सदस्य यज्ञबहादुर हमाल रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेश समिति सदस्य कोलराज पुरीलाई साधरण सदस्य नरहने गरि कारबाहीका लागि लुम्बिनी प्रदेश समितीमा सिफारिस गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

गुलरिया नगरपालिकामा जित सुनिश्चित भएको अवस्थामा पनि पार्टिको आन्तरिक घातका कारण निर्वाचनमा नगर प्रमुख तथा उप प्रमुख लगायत अन्य पदमा पराजित भएको निश्कर्ष निकालेको थियो ।