नेपालको विश्व प्रख्यात ब्राण्ड वाइवाइ अब इजिप्टबाट उत्पादन हुने

सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहरायो


नेपालको विश्व प्रख्यात ब्राण्ड वाइवाइ अब इजिप्टबाट उत्पादन हुने

नेपालगन्ज २० जेठ : सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।

सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनी हो । उक्त कम्पनीले विश्वब्यापी रुपमा वाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ । विनोद चौधरी अहिले नेपाली काँग्रेसको नेताका रुपमा राजनीतिमा सक्रिय छन् ।

विहिवार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाइवाइ प्लान्टको शिलन्यास गरिएको हो । इजिप्टस्थित नेपाली दुतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सीजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए । वाइवाइको प्लान्ट शिलान्याससंगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

सिजी कर्प ग्लोबलले विश्वब्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराईरहेको छ । दुवईस्थित जेएलटी होटल, काजखस्थितस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो । नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइ वाइ उत्पादन हुदै आएको छ । विश्व नूडल्स बजारमा तीन प्रतिशतको हिस्सा ओगट्दै वाइवाइ एक शसक्त ब्राण्ड बनेको छ ।