नेपालगन्ज २२ जेठ : नेपाल विद्यार्थी संघ बाँकेले आईतबार वृक्षारोपण गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ र २२ वडामा अवस्थित कान्ति ताल परिसरमा वृक्षारोपण गरिएको हो ।
विश्व वातावरण दिवसको अवसरमा संघले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, नेपालगन्जका निर्वतमान उपप्रमुख उमा थापामगर, नेपाल बिद्यार्थी संघ बाँकेका कार्यबाहक अध्यक्ष चक्र रावत, हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतले वृक्षारोपन गरेका हुन् ।
कान्ति ताल वरिपरी जामुन, सितलचिनी, अर्जुन, गुल्लर, मेहोग्यामी जातका विरुवा रोपिएको हरित अभियन्ता हेमन्तराज काफ्लेले जानकारी दिए । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।