नेपालगन्ज २२ जेठ : बाँके प्रहरीले होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई पक्राउ गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले क्यासिनोबाट नेपालगन्जका मनोज विक, विपिन सिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाहलाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो ।
डिएसपी न्यौपानेले क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले ती ७ जनालाई पक्राउ गरिएको बताए । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर, नेपालगन्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।
‘सिटी प्यालेसभित्र रहेको क्यासिनोमा छिरेर थर्काउने, सताउने, जबरजस्ती गर्न खोज्ने र गुण्डागर्दी गरेको पाइएपछि हाम्रो प्रहरी टोली गएर छापा हानी उनीहरुलाई पक्राउ गरेको हो ।’ डिएसपी न्यौपानेले सेतोखरीलाई भने ।
डिएसपी न्यौपानेले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही अगाडी बढाइने जानकारी दिए ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?