नेपालगन्जको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ नेपाली पक्राउ


नेपालगन्जको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ नेपाली पक्राउ

नेपालगन्ज २२ जेठ : बाँके प्रहरीले होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई पक्राउ गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले क्यासिनोबाट नेपालगन्जका मनोज विक, विपिन सिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाहलाई पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो ।

डिएसपी न्यौपानेले क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले ती ७ जनालाई पक्राउ गरिएको बताए । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर, नेपालगन्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘सिटी प्यालेसभित्र रहेको क्यासिनोमा छिरेर थर्काउने, सताउने, जबरजस्ती गर्न खोज्ने र गुण्डागर्दी गरेको पाइएपछि हाम्रो प्रहरी टोली गएर छापा हानी उनीहरुलाई पक्राउ गरेको हो ।’ डिएसपी न्यौपानेले सेतोखरीलाई भने ।
डिएसपी न्यौपानेले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही अगाडी बढाइने जानकारी दिए ।