काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीको प्रतिबद्धता : पार्टीको नीति/निर्देशन र जनताको भावना अनुसार काम गर्ने


काँग्रेसबाट निर्वाचित जनप्रतिनिधीको प्रतिबद्धता : पार्टीको नीति/निर्देशन र जनताको भावना अनुसार काम गर्ने

नेपालगन्ज २२ जेठ : नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधीलाई एक समारोहकाबीच बधाई तथा सम्मान गरिएको छ । नेपाली काँग्रेस बाँकेले आईतबार नेपालगन्जमा एक कार्यक्रमका बीच उनीहरुलाई बधाई तथा सम्मान गरेको हो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री सञ्जय गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, सह–महामन्त्री निमा गिरी, बाँके सभापति नारायणप्रसाद गौडेल, काँग्रेस बाँकेका पुर्वसभापतिहरु गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ र किरण कोइराला लगायतले बधाई तथा सम्मान गरेका थिए ।

सो क्रममा बोल्दै नवनिर्वाचित जनप्रतिनिधीले जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी र कोहलपुर १२ का वडाअध्यक्ष विरेन्द्रकुमार शाहले पार्टीको नीति/निर्देशन र जनताको भावना अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

Kanti Aarogya Hospital Nepalgunj

नवनिर्वाचित जनप्रतिनिधिहरुले पार्टीसंग समन्वय गर्दै जन–भावनालाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले पार्टी नीति अनुरुप अघि बढ्ने बताउँदै पार्टीको विश्वासलाई डग्मगाउन नदिने दृढता व्यक्त गरे ।

सम्मान कार्यक्रममा बोल्दै नेताहरुले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । पार्टीसंग समन्वय गरेर जन–आकांक्षा अनुसार काम गर्न उनीहरुको आग्रह छ । पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा नेताहरुको जोड छ ।

कार्यक्रममा केन्द्रिय सदस्यद्वय गौतम र बाल्मिकी, प्रदेश सभापति पुन, जिल्ला सभापति गौडेल, प्रदेश सह–महामन्त्री निमा गिरी, पूर्व मन्त्री एवम् काँग्रेस बाँकेका पूर्व सभापति गजेन्द्र हमाल, पूर्व सभापति कृष्णमान श्रेष्ठ, निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य मेघराज ओली, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, प्रदेश १ ‘क’ का सभापति लक्ष्मण थारु, कोहलपुर नगरपालिका सभापति विरेन्द्र कुमार शाह, महिला संघकी अध्यक्ष नारायण रुपाखेती लगायतले बोलेका थिए ।

नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्णकुमार कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमका सञ्चालक एवम काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

बाँके ८ पालिकामध्ये काँग्रेसबाट ६ जना प्रमुख/अध्यक्ष, ६ जना उपप्रमुख/उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बाँकेका ८ वटै स्थानीय तहबाट निर्वाचित भएका वडासदस्य, वडाअध्यक्ष, प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिती रहेको थियो ।