नेपालगन्ज २५ जेठ : शहिद सेतु बिकको शालिक फोडेको भन्दै पक्राउ परेका कृष्ण चौधरी ‘भैया’ बुधबार रिहा भएका छन् ।
चौधरीलाई ५ दिनपछि सर्वजनिक मुद्दा चलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।
जेठ १९ गते दरबार हत्याकाण्डको सन्दर्भमा राप्रपा लगायतले नेपालगन्जस्थित धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राखेपछि प्रहरीले अवरोध पु¥याएको थियो । जसका कारण स्थिति तनावग्रस्त बन्दा चौधरी लगायतले सहिद सेतु विकको शालिक तोडफोड गरेको आरोप छ ।
उक्त घटनामा ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा ३ जनालाई २० गते रिहा गरिएको थियो ।
चौधरीलाई रिहापछि राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपाका नगर अध्यक्ष रबि बर्मा, राप्रपा नेतृ बिन्दु चर्तीमगरलगायतले उनलाई माला र अबिर लगाई सम्मान गरेका थिए ।
‘स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्दा प्रहरीद्वारा पक्राउ परेका राष्ट्रवादी युवा कृष्ण चौधरीलाई राप्रपा बाँकेको अगुवाईबाट आज स–सम्मान रिहाई गराइयो’ राप्रपाका नगर अध्यक्ष रबि बर्माले भने ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’