नेपालगन्ज २५ जेठ : शहिद सेतु बिकको शालिक फोडेको भन्दै पक्राउ परेका कृष्ण चौधरी ‘भैया’ बुधबार रिहा भएका छन् ।
चौधरीलाई ५ दिनपछि सर्वजनिक मुद्दा चलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।
जेठ १९ गते दरबार हत्याकाण्डको सन्दर्भमा राप्रपा लगायतले नेपालगन्जस्थित धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राखेपछि प्रहरीले अवरोध पु¥याएको थियो । जसका कारण स्थिति तनावग्रस्त बन्दा चौधरी लगायतले सहिद सेतु विकको शालिक तोडफोड गरेको आरोप छ ।
उक्त घटनामा ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमा ३ जनालाई २० गते रिहा गरिएको थियो ।
चौधरीलाई रिहापछि राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राप्रपाका नगर अध्यक्ष रबि बर्मा, राप्रपा नेतृ बिन्दु चर्तीमगरलगायतले उनलाई माला र अबिर लगाई सम्मान गरेका थिए ।
‘स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्दा प्रहरीद्वारा पक्राउ परेका राष्ट्रवादी युवा कृष्ण चौधरीलाई राप्रपा बाँकेको अगुवाईबाट आज स–सम्मान रिहाई गराइयो’ राप्रपाका नगर अध्यक्ष रबि बर्माले भने ।