नेपालगन्ज २६ जेठ : ‘दलित’ भएकै कारण ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा पठ्न नपाएका ४ छात्रले महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन् ।
दलित भएकै कारण विद्यार्थीले गुरुकूलमा भर्ना नपाएको भन्ने समाचार सार्वजनिक भएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले ४ जना छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो ।
बर्दियाको बारबर्दिया–६ का दलित परिवारका ४ छात्र अध्ययनका लागि भन्दै ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना हुन गएका थिए । १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, ९ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले विद्यालयमा भर्ना हुनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका थिए ।
भर्ना लिने भन्दै विद्यार्थीले केश मुण्डन र व्रतबन्ध समेत गरेका थिए । तर, भर्नाका लागि थर सोध्दा दलित भएको पाइएपछि विद्यालयले उनीहरुलाई घर जान भनेको थियो ।
‘बर्दियाका चार छात्रको ललितपुर गुरुकूलमा भर्ना हुन नसकेको सञ्चारमाध्यममा आएको समाचारबाट थाहा पाइयो,’ मटिहानीस्थित गुरुकूल राजकीय संस्कृत माविका प्राचार्य ईश्वरीप्रसाद पौडेलले भने, ‘हामी ती चारै छात्रको बसोबास, खानपान र पठनपाठनको जिम्मा लिन्छौँ ।’ दलित छात्र र उनीहरुका अभिभावकको पढ्ने÷पढाउने रहरको सम्मान गर्दै चारै छात्रको स्वागतका लागि आफ्नो गुरुकूल पर्खिरहेको पौडेलको भनाइ छ ।
आजभन्दा ३०४ वर्ष पहिले स्थापित मुलुककै जेठो गुरुकूल मानिने मटिहानीमा बालगुरु षडानन्दले पनि शिक्षा लिएका थिए । गुरुकूलमा अहिले हिन्दू धर्म परम्पराका दलितमात्र नभएर इस्लाम धर्मावलम्बी छात्र पनि पढ्दैछन् । ‘कोही जन्मले सुद्र वा ब्राह्मण हुँदैनन्, सबै कर्मले उच्च हुन सक्छन्, त्यसैले हाम्रो गुरुकूलमा सबै जातजाति र समुदायले उत्तिकै सम्मानसाथ प्रवेश पाउँछन्,’ पौडेलले भने ।
ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ । सो गुरुकूलको वेबसाइटमै सिट सङ्ख्या ५० रहेको उल्लेख छ । -रासस
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी