नेपालगन्ज २७ जेठ : जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली काँग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न भएको मतदानमा कुल खसेको १६ मत मध्ये १३ मत प्राप्त गरि चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी(जसपा)का उमेशकुमार कुर्मीले ३ मत प्राप्त गरे ।
उप–प्रमुख पदमा भने नेपाली काँग्रेसकी नेतृ सीता कार्कीको एकल उम्मेदवारी परेकाले यसअघि नै निर्वाचित भइसकेकी थिइन ।
यस्तै समन्वय समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र)की चमेली थरुनी र रेवती दमाई पनि १३/१३ मत प्राप्त गर्दै निर्वाचित भए ।
यसैगरी जसपाकी तरन्नुन बानो शेषले ३ मत प्राप्त गरेर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वी जसपाकी लक्ष्मी पासीले २ मत प्राप्त गरि पराजित भइन । महिला सदस्यमा ३ जना निर्वाचित हुने ब्यवस्था छ ।
समन्वय समितिको सदस्य (खुल्ला) मा भने नेपाली काँग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश बाल्मिकी पनि यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन् । यि मध्ये नेपाली काँग्रेसले कोहलपुर नगरपालिका तथा राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ । यस्तै नेपालगन्जमा काँग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ ।
खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ ।
समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने ब्यवस्था छ । उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता थिए । यि मध्ये १२ जना मतदाता नेपाली काँग्रेसका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’