नेपालगन्ज २७ जेठ : सरकारले फोहरमैला विसर्जन, ढुवानी प्रशोधन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाका साथै २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ ।
बिहीबार नेपाल राजपत्रमा प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ अनुसार उक्त आदेश जारी गरेको जनाएको छ ।
हड्ताल निषेध गरिएकामा डाँक, तार वा टेलिफोन सेवा, जल–स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा जहाजको देभाल, त्यसको मर्मत तथा सञ्चालनसँग सम्बन्धित काम, हवाई ग्राउन्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसमान ओसार–पसार गर्ने वा रेखदेख वा थन्क्याउने, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा हड्ताल निषेधित सूचीमा छन् ।
यसैगरी हातहतियारसँग सम्बन्धिन नेपाल सरकार रक्षा व्यवस्थाको सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षासँग सम्बन्धित काम, खानेपानी सञ्चालन एवं वितरण, औषधि निर्माण तथा बिक्रीवितरण, बैंकिङ, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तुहरू, मौसम र बाढी सम्बन्धी पूर्वानुमान र सूचना, मास्क, ह्यान्ड सेनिटाइजर, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवा उक्त सूचीमा समावेश छन् ।
निषेध गरिएका सेवामा हड्ताल गर्न वा त्यसमा भाग लिन कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा ५ मा उल्लेख छ ।
यसैगरी हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय गरिने प्रावधान छ ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी