नेपालगन्ज २७ जेठ : देशकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट र उपप्रमुख कमरुद्दिन राईलाई बधाई तथा शुभकामना दिदैँ बित्तीय गतिविधिमा सहकार्यका बिषयमा छलफल गरेको छ ।
बैंकको तर्फबाट नेपालगन्जस्थित सिटी अफिसका सहायक शाखा प्रवन्धक धर्मराज कोइराला र धम्बोझी शाखाका शाखा प्रबन्धक मेख बहादुर खत्री नेतृत्वको टिमले शुक्रबार नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दियो ।
सो अवसरमा बैंकको तर्फबाट नेपालगन्जका सेवाग्राहीलाई सरल र सहज तरिकाले बित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिदै उपमहानगरसङ पनि सहकार्य गर्न तयार रहेको अवगत गराइयो ।
नगर प्रमुख बिष्ट र उपप्रमुख राईले हरेक सेवाग्राहीलाई सहज तरिकाले सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिदै नेपाल बैंकसग सहकार्य गर्ने बारेमा छलफल गरेका थिए । नेपाल बैंक देशकै पहिलो बैंक हो भने अहिलेको आर्थिक समस्याको बेलामा समेत बैंकको निक्षेप तथा कर्जा प्रवाह उत्कृष्ट छ ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?