पाठ्यक्रममा वर्णभेददेखि हिन्दू नारीको अपमान, मौन सरकार


पाठ्यक्रममा वर्णभेददेखि हिन्दू नारीको अपमान, मौन सरकार

सामाजिक सञ्जालमा प्राप्त पाठ्यक्रममा वर्णभेददेखि हिन्दू नारीको अपमान गरिएको तस्विर ।

नेपालगन्ज २८ जेठ : अहिले बजारमा एउटा पाठ्यपुस्तक चर्चामा छ । यो पुस्तक एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रालिले तयार गरेको हो । रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् । यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरुमा पुग्ने गर्छ ।

भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भनेका छन् । पुस्तक प्रकाशित भएर वितरण समेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिएका छन् ।
भुषाल स्वयं इशाई धर्मालम्बी भएको बुझिएको छ । उनले योजनावद्ध तरिकाले ‘ई’ अक्षरको परिचय गर्दा ‘ईशा’ उल्लेख गरेको खुलेको छ ।

साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ‘ई’ अक्षरको परिचय ‘ईशा’ लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डाक्टर भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् ।

पाठ्यक्रममा वर्णभेद र संस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरु भेटिदासम्म राज्यपक्षले गम्भीर भएको छैन । पाठ्यक्रममा वर्णभेद र संस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरुले धर्मनिरपेक्ष भनिएको नेपालमा वर्णभेद र संस्कृतिमाथिको प्रहार भएको जानकार बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

बालबालिकालाई पढाइने अंग्रेजीको राम्री र नराम्रीमा दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिना गोरो वर्णकी छिन् । उनलाई राम्री भनिएको छ । अर्को महिला कालो वर्णकी छिन् । उनलाई कुरुप भनिएको छ । राम्री भनिएकी महिला आधुनिक पहिरनमा खैरो कपाल भएकी छिन् । उनको कपडा हरियो र टीका पनि कालोछ ।

कुरुप भनिएकी महिलाको पहिरन परम्पारगत हिन्दू महिलाको छ । उनले रातो टीका लगाएकी छिन् भने कपाल कालै छ । कपडा पनि रातो रङ्गको छ । पाठ्यक्रममा ‘ई’ बाट ‘ईशा’ भनी इशाई धर्मका प्रभुलाई प्रार्थना गरिरहेको देखाइरहेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहँदा पछिल्लो समय पाठ्यक्रममा राम्री र नराम्रीको व्याख्या पनि विभेदकारी देखिएको हो ।

मुसलमान बहुल मुलुक पाकिस्तानमा त केही समय अघि पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा सँस्कृतिमन्त्री फैयाज अल हसन चौहानले हिन्दू धर्मको अपमान हुनेगरी टिप्पणी गरेपछि राजीनामा दिन बाध्य भएका थिए । भने नेपाल जस्तो देशमा यसरी खुलेआम पाठ्यक्रममा नै विभेदपूर्ण रुपले हिन्दू धर्मप्रति आक्रमण हुदाँ दुःख लाग्नु स्वाभाविक नै हो । तर, यसको निराकरणको लागि सरकारले कुनै कदम नचाली मौन बसेकोछ ।