सामाजिक सञ्जालमा प्राप्त पाठ्यक्रममा वर्णभेददेखि हिन्दू नारीको अपमान गरिएको तस्विर ।
नेपालगन्ज २८ जेठ : अहिले बजारमा एउटा पाठ्यपुस्तक चर्चामा छ । यो पुस्तक एलकेजीको विद्यार्थीका लागि अभ्यास नेपाल एजुकेशन फाउन्डेशन प्रालिले तयार गरेको हो । रमेश भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् । यो २०७४ मा पहिलो पटक प्रकाशित भई हरेक वर्ष देशका धेरै विद्यालयहरुमा पुग्ने गर्छ ।
भुषालले विगत ५ वर्ष देखि पुस्तक प्रकाशित हुँदै आएको र अहिले किन विवाद झिकेको भनेका छन् । पुस्तक प्रकाशित भएर वितरण समेत भइसकेकाले यस वर्ष यसलाई हटाउन नसकिएको जवाफ दिएका छन् ।
भुषाल स्वयं इशाई धर्मालम्बी भएको बुझिएको छ । उनले योजनावद्ध तरिकाले ‘ई’ अक्षरको परिचय गर्दा ‘ईशा’ उल्लेख गरेको खुलेको छ ।
साना बालबालिकाका लागि तयार गरिएको पुस्तकमा ‘ई’ अक्षरको परिचय ‘ईशा’ लेखिएको भन्दै संसद देखि सडकसम्म प्रश्न उठिसकेको छ । संसदमा नेकपा एमालेका सांसद डाक्टर भीम रावलले यसबारे प्रश्न उठाइसकेका छन् ।
पाठ्यक्रममा वर्णभेद र संस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरु भेटिदासम्म राज्यपक्षले गम्भीर भएको छैन । पाठ्यक्रममा वर्णभेद र संस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरुले धर्मनिरपेक्ष भनिएको नेपालमा वर्णभेद र संस्कृतिमाथिको प्रहार भएको जानकार बताउँछन् ।
बालबालिकालाई पढाइने अंग्रेजीको राम्री र नराम्रीमा दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिना गोरो वर्णकी छिन् । उनलाई राम्री भनिएको छ । अर्को महिला कालो वर्णकी छिन् । उनलाई कुरुप भनिएको छ । राम्री भनिएकी महिला आधुनिक पहिरनमा खैरो कपाल भएकी छिन् । उनको कपडा हरियो र टीका पनि कालोछ ।
कुरुप भनिएकी महिलाको पहिरन परम्पारगत हिन्दू महिलाको छ । उनले रातो टीका लगाएकी छिन् भने कपाल कालै छ । कपडा पनि रातो रङ्गको छ । पाठ्यक्रममा ‘ई’ बाट ‘ईशा’ भनी इशाई धर्मका प्रभुलाई प्रार्थना गरिरहेको देखाइरहेकोमा सामाजिक सञ्जालमा आलोचना भइरहँदा पछिल्लो समय पाठ्यक्रममा राम्री र नराम्रीको व्याख्या पनि विभेदकारी देखिएको हो ।
मुसलमान बहुल मुलुक पाकिस्तानमा त केही समय अघि पाकिस्तानको पन्जाब प्रान्तका सूचना तथा सँस्कृतिमन्त्री फैयाज अल हसन चौहानले हिन्दू धर्मको अपमान हुनेगरी टिप्पणी गरेपछि राजीनामा दिन बाध्य भएका थिए । भने नेपाल जस्तो देशमा यसरी खुलेआम पाठ्यक्रममा नै विभेदपूर्ण रुपले हिन्दू धर्मप्रति आक्रमण हुदाँ दुःख लाग्नु स्वाभाविक नै हो । तर, यसको निराकरणको लागि सरकारले कुनै कदम नचाली मौन बसेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’