नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिकाको रामलिला मैदानमा शनिबार वृक्षारोपन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आथित्यतामा वृक्षारोपन गरिएको हो ।
‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ ले सुरु गरेको अभियान अन्र्तगत १९० औं हप्ताको वृक्षारोपन गरिएको हो । वृक्षारोपनमा नगर प्रमुख विष्टसँगै क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जमा आवद्ध अभियन्ता, राजनीतिककर्मी, समाजसेवी लगायत उपस्थित भएका थिए ।