राप्तीसोनारी(बाँके) २९ जेठ : राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा एक करोड ६० लाखदेखि एक करोड ९० लाख रुपैयाँ सम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए ।
गत आर्थिक वर्ष २०७८/७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको उनले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको डाँगीले जानकारी दिए ।
गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रुपमा बजेट विनियोजन गरेका छौं,’ उनले भने ।
स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम (आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद ब्यवस्थापन, संस्थागत विकास र सुशासन) पाँच वटा विषयगत क्षेत्रहरुमा रहि नीति बजेट तथा कार्यक्रम तर्जुमा गरी पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको छ ।
जनावरले खाने दाना मिसिएको भारतीय विस्कुट नेपालमा पनि प्रतिबन्ध
असोजको ‘वेष्ट पुलिस अफ द मन्थ’ दाङका एसपी श्रेष्ठलाई
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?