नेपालगन्ज २९ जेठः नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ ।
बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।
उनले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए । अधिकास विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उनले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे
विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग गर्ने र शिक्षा, स्वास्थ्यमा सहयोग गर्ने हो भने बालश्रम न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाई छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्रा पुरी, बाल अधिकारकर्मी महेश नेपाली लगायतले सहजिकरण गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’