कोहलपुरमा एक्स्पोर्टको शाखा विस्तार


कोहलपुरमा एक्स्पोर्टको शाखा विस्तार

नेपालगन्ज ३१ जेठ : बिभिन्न देशहरुबाट बिदेशमा उच्च शिक्षा अध्यन गर्न चाहने बिद्यार्थीहरुलाई सेवा दिंदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा कोहलपुरमा पनि बिस्तार गरेको छ ।

सोमबार कोहलपुर शाखाको उद्घाटनसंगै एक्स्पोर्ट इजुकेसन भिसा सर्भिसले देशभरिका करिब २४ ठाउँबाट आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

एक्स्पोर्ट इजुकेसन भिसा सर्भिस शाखा कोहलपुरको उद्घाटन गर्दै कोहलपुर नगर कार्यपालिका सामाजिक बिकास समिती संयोजक एबं उद्घाटन समारोहका प्रमुख अतिथी इश्वरी प्रसाद बिश्वकर्माले कोहलपुरमा एक्स्पोर्टको शाखा विस्तारसंगै कोहलपुरको चिनारी थपिएको बताए ।

उनले शैक्षिक क्षेत्रमा थप इटा थपिएको भन्दै यसले बाँके, बर्दिया, कैलाली, सुर्खेत तथा दाङसम्मका बिद्यार्थीहरुलाई बिदेशमा गएर गुणस्तरीय शिक्षा हाँसिल गर्न सहज हुनेमा आफु बिश्वस्त रहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

गरीब, बिपन्न तथा पछाडि पारीएका जाती, बर्ग र लिंगलाई बैदेशिक शिक्षाको पहुँचका लागि एक्सर्पोटले प्राथमिकता दिनुपर्ने भन्दै बिश्वकर्माले सामाजिक उत्तरदायित्वलाइ मनन गरि कोहलपुरका बिद्यार्थीहरुलाई पहिलो प्राथामितामा राख्न आब्हान गरे ।

कार्यक्रममा क्रिसा बाँकेका अध्यक्ष एबं कोहलपुर नगरकार्यपालिका शिक्षा समितीका सदस्य समेत रहेका दिनेश सिग्देलले राजधानीबाट मात्र बैदेशिक शिक्षाका लागी पुर्ब तयारी कक्षा लिनुपर्ने समस्याको अन्त्य भएको बताउँदै मोफसलमै यो सुबिधा पाउनु सहज र अवसरको रुपमा रहेको बताए ।

उनले कोहलपुर शिक्षाको हब बनिरहेदाँ शिक्षालाई जोडेर एक्सर्पोटको आगमनले यस क्षेत्रका लागि कोशेढुगां साबित हुने औंल्याए ।

एक्स्पोर्ट इजुकेसन भिसा सर्भिस नेपालगन्जका अध्यक्ष शिबा शर्माको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य भुपबहादुर दर्जी, सानिमा लाइफ इन्सुरेन्स लुम्बिनी प्रदेश प्रमुख जयदेब गौतम, एक्सर्पोट नेपालगन्जका म्यानेजर सुनिल खडका लगायतले आफ्नो धारणा राखेको एक्सपोर्टका अप्रेसन म्यानेजर श्याम अधिकारीले जानकारी दिए ।