नेपालगन्जका ४ फार्मेसीलाई निलम्बनको कारबाही


नेपालगन्जका ४ फार्मेसीलाई निलम्बनको कारबाही

नेपालगन्ज ३१ जेठ : नेपालगन्जका ४ वटा फार्मेसीलाई निलम्बनको काराबही गरिएकोछ । औषधि व्यवस्था विभाग नेपालगन्जले जेठ महिनामा ४ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको हो ।

अनुगमनका क्रममा फार्मेसीहरु दर्ता नभएको, औषधि सञ्चय गरी बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरेको विभागले जनाएको छ ।

अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन् ।

नेपालगन्जको जेम फार्मेसी २८ दिन, नजत फार्मेसी १० दिन, सारीका मेडिकल हल ७ दिन र बिक्रम फार्मेसी १० दिन निलम्वनमा परेको विभागका फार्मेसी अधिकृत दीपेन्द्र कुमार साहले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार कागजी प्रक्रिया पुरा हुन बाँकी थप फार्मेसीलाई पनि कारबाही गर्ने तयारी गरिएकोछ । विभागले चैत्र, वैशाख र जेठ महिनामा बाँके, सुर्खेत, प्युठान, रोल्पा र दाङ जिल्लाहरुको अनुगमन गरेको छ । ति जिल्लाका फार्मेसीहरु पनी कारबाहीमा परेका छन् ।

विभागले औषधि वा औषधिका साधक पदार्थहरुको अनुचित प्रयोग र दुरुपयोग हुन नदिन तथा त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झुटा वा भ्रमात्मक प्रचार प्रसार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहुने औषधि उत्पादन, बिक्रिवितरण, निकासी पैठारी संचय र सेवनको नियंत्रण गर्ने काम गर्दछ ।