नेपालगन्ज ३१ जेठ : नेपालगन्जका ४ वटा फार्मेसीलाई निलम्बनको काराबही गरिएकोछ । औषधि व्यवस्था विभाग नेपालगन्जले जेठ महिनामा ४ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको हो ।
अनुगमनका क्रममा फार्मेसीहरु दर्ता नभएको, औषधि सञ्चय गरी बिक्री वितरण गरेको भेटिएपछि कारबाही गरेको विभागले जनाएको छ ।
अनुगमनका क्रममा फर्मासिस्ट तथा तथा तालिम प्राप्त व्यवसायी पसलमा नभएको, अरुको लाइसेन्स भाडामा लिई गैर व्यक्तिले चलाउने गरेको पाइएपछि ति फामेर्सी पसल कारबाहीमा परेका हुन् ।
नेपालगन्जको जेम फार्मेसी २८ दिन, नजत फार्मेसी १० दिन, सारीका मेडिकल हल ७ दिन र बिक्रम फार्मेसी १० दिन निलम्वनमा परेको विभागका फार्मेसी अधिकृत दीपेन्द्र कुमार साहले जानकारी दिए ।
उनका अनुसार कागजी प्रक्रिया पुरा हुन बाँकी थप फार्मेसीलाई पनि कारबाही गर्ने तयारी गरिएकोछ । विभागले चैत्र, वैशाख र जेठ महिनामा बाँके, सुर्खेत, प्युठान, रोल्पा र दाङ जिल्लाहरुको अनुगमन गरेको छ । ति जिल्लाका फार्मेसीहरु पनी कारबाहीमा परेका छन् ।
विभागले औषधि वा औषधिका साधक पदार्थहरुको अनुचित प्रयोग र दुरुपयोग हुन नदिन तथा त्यसको उपयोगिता एवं प्रयोग सम्बन्धी झुटा वा भ्रमात्मक प्रचार प्रसार हुन नदिन र जनसुरक्षित, असरयुक्त तथा गुणयुक्त नहुने औषधि उत्पादन, बिक्रिवितरण, निकासी पैठारी संचय र सेवनको नियंत्रण गर्ने काम गर्दछ ।
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?