नेपालगन्ज ३१ जेठ : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् ।
नेपालगन्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मङ्गलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि पहल गरेका हुन् ।
छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगन्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगन्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको नगर प्रमुख विष्टले काठमाण्डौंबाट सेतोखरीलाई जानकारी दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’