विदाको दिन सरकारी साधन प्रयोग गर्न नदिने
कोहलपुर ३१ जेठ : बाँकेको कोहलपुर नगरपालिकाले सडकमा जथाभावी निर्माण सामग्री राख्न कडाई गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले भौतिक संरचना निर्माण गर्दा सडक वा सार्वजनिक जग्गामा निर्माण सामग्री राख्नुपरेमा वडाबाट अनुमति लिनुपर्ने निर्णय गरेको छ ।
तीन दिनसम्म मात्र निर्माण सामग्री राख्न पाउने गरी सम्बन्धित वडा कार्यालयबाट अनुमति लिनुपर्ने निर्णय गरिएको हो । अनुमतिको म्याद सकिएपछि नउठाइएका सामग्रीहरु नगरपालिकाले जफत गरी दण्ड जरिवाना गर्ने नगर प्रमुख पूर्ण आचार्यले बताए ।
वडा कार्यालय एवम् नगरपालिकाले यसको प्रभावकारी रुपमा अनुगमन गर्ने आचार्यले बताए । अब नगरपालिका क्षेत्रभित्र जथाभावीरुपमा सार्वजनिक स्थलमा निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा आदि) थुपार्न पाइने छैन । यस्तै सहरी क्षेत्रको फुटपाथ, ठेलागाडा लगायतलाई व्यवस्थित गर्ने निर्णय गरिएको छ ।
यस्तै कार्यपालिका बैठकले कोहलपुर नगरपालिकाको नाममा रहेका सम्पूर्ण सवारी साधनहरुमा सरकारी नम्बर प्लेट (सेतो नम्बर प्लेट) कायम हुन बाँकी रहेको भए यथाशिघ्र कायम गर्ने र सार्वजनिक विदाको दिन नियमानुसार अनुमति लिएर बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
नगरपालिकाको निर्णय विपरीत कुनै कर्मचारी पदाधिकारीले सवारी साधनको दुरुपयोग गरे नगरेको प्रभावकारी अनुगमनका लागि ट्राफिक प्रहरी कार्यालयलाई र निगरानीका लागि सरोकारवाला निकाय संस्थालाई समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले कोहलपुर नगरपालिकाभित्र व्यवस्थित सहरी विकासका लागि एकीकृत सहरी विकास एवम् सघन सहरी विकासको पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालयमा एकीकृत सहरी विकास कार्यक्रम माग गरी पठाउने निर्णय पनि गरेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’