नेपालगन्ज ३१ जेठ : सरकारी रबैयाले आजित बाँकेका ट्रक व्यवसायीले आफ्नो व्यवसाय धरासयी भएको गुनासो गरेका छन् । सरकारकै कारण आफुहरु व्यवसायबाट पलायन हुने अवस्थामा पुगेको भन्दै गम्भीर ध्यानाकर्षण गरएका हुन् ।
सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।
‘सरकार व्यवसायीमाथि निर्दयी भएकाले हामी आफ्ना ढुवानीका साधान थन्क्याउनु पर्ने अवस्थामा पुग्यौं,’ उनले भने ‘हाम्रो जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु र ओकाल्नु जस्तै भएको छ ।’
राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौ लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ ।
इन्धन र गाडीका पाठपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले आक्रोस पोखे । उनले भने, ‘ढुवानी भाडा बढाउनु त परैको कुरा, सरकारले तोकेको ढुवानी भाडा समेत हामीले पाउन सकेनौं यो जस्तो दुखद् र बिडम्वना अरु के हुन सक्छ ?’
पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन । कम मूल्यमा आफुहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामाग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।
नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए । ‘घरखेत राखेर व्यवसाय गर्यौं,’ उनले भने ‘सरकारको गैरजिम्मेवारका कारण आज घरपरिवार चलान नसक्ने अवस्थामा पुग्यौं ।’
ट्रक व्यवसायीले चुंगी कर, सडक कर र गद्दी खर्च यावत हिसाबले पीडित हुनु परेको दुखेसो सुनाए । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् ।
सरकार आफैले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफुहरु ढुवानीका साधन चलाउन नसक्ने अवस्थामा पुगेका छन । बाँकेका पाँच वटा प्रालिले कार्यगत एकता गर्दै आगामी असार २ गतेदेखि ढुवानीका साधन थन्क्याउने निस्कर्षमा पुगेको अध्यक्ष मल्लले बताए ।
भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगन्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्द कौशल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकार विरुद्ध ढुवानीका साधान घरमै थन्क्याउने भएका हुन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’