नेपालगन्ज १ असार : प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर–५ ले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि बस्तीस्तरबाट योजना संकलन कार्यलाई तिव्रता दिएकोछ ।
गौमुखी गाउँपालिका वडा नम्बर–५ का वडाअध्यक्ष बरुणध्वज मल्लले वडाका टोल–टोल पुगी बस्तीस्तरबाट योजना संकलन कार्यलाई तिव्रता दिएका हुन् ।
आगामी वर्षको बजेट असार १० गतेभित्र गाउँसभामा पेश गरिसक्नुपर्छ । गाउँसभा नजिकिदै गर्दा वडाले बस्ती स्तरबाट योजना संकलनलाई तिव्रता दिएको वडाअध्यक्ष मल्लले जानकारी दिए ।
‘अहिले वडाका विभिन्न बस्तीस्तरमा पुगेर योजना संकलन गरिहेकाछौं, समग्र वडाको विकास र समृद्धिका लागि बस्तीस्तरका जनसमुदायले छनोट गरेका योजनालाई प्राथमिकीकरण गर्ने कार्यमा ब्यस्त छौं, हाम्रो गाउँसभा पनि नजिक आइराखेको छ,’ उनले भने ।
योजना संकलनकै क्रममा गौमुखी गाउँपालिका वडा नम्बर– ५ को सुलाले, ठूलाबेसी, खुङ्ग, बाटुले, मोठ, सिरचौर लगायतका बस्ती र टोलमा पुगेर आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण तथा विपद् ब्यवस्थापन, कृषि तथा स्वास्थ्य विकास, संस्थागत विकास र सुशासन जस्ता विषयलाई टेकेर योजना तथा कार्यक्रम संकलन गरिरहेको छ ।

वडाअध्यक्ष मल्लले स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा योजना संकलन गर्ने काम चलिरहेको बताए ।
बस्तिभेलाबाट आफ्ना टोल र बस्तिका योजना छनोट गर्ने र आफ्नो गाउँलाइ कसरी अगाडि बढाउने भनी छलफल चलिरहेको छ यो एउटा राम्रो पक्ष हो तर, कसरी गर्न सकिन्छ त गाउँ र नगरको बिकास ? हाम्रो गाउँ र नगरको बिकासका कुरा गरिरहदा सबैभन्दा पहिले हाम्रा समस्या के हुन भनी पहिचान गर्नु र त्यही अनुरुप योजना छनोटलाई प्राथमिकीकरण गर्ने कार्य भइरहेको उनले बताए ।
यस्तै उक्त वडामा रहेको जनसहयोगी आधारभूत विद्यालयलाई मावि बनाउनका लागि विशेष पहल अघि बढाइएको वडाअध्यक्ष मल्लले बताए । उनका अनुसार समग्र विद्यालयको स्तरउन्नती गर्न र विद्यालयलयालाई माध्यमिक तह सञ्चालनका लागि विभिन्न सहयोग जुटाउने कार्य निरन्तर अघि बढाइएको बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’