गुलरिया (बर्दिया) १ असार : बर्दिया जिल्ला समन्वय समितिमा काँग्रेसको प्यानलै निर्विरोध भएकोछ । अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
जिसस उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका हुन् ।
आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा कांग्रेस विजयी भएको थियो। गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा काँग्रेस विजयी भएको थियो ।
राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’