नेपालगन्ज १ असारः लामो समयदेखी देखिदै आएको बिद्युत आपुर्तिको समस्या समाधान गर्न माग गर्दै नेपाली काँग्रेसले बुधबार ज्ञापन पत्र बुझाएको छ ।
काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति नारायणप्रसाद गौडेलले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
बिद्युत आपुर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको काँग्रेस बाँकेले जनाएको छ । यस्तै यथाशिघ्र नियमित बिद्युत आपुर्तिको ब्यवस्था मिलाई नागरिक अधिकारको रक्षा गर्न जोडदार माग गरिएको छ ।
उक्त ज्ञापन पत्रमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई बोधार्थ दिइएको छ । ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ खत्रीले नेपालगन्जको बिद्युत समस्याका विषयमा आफुले बिद्युत प्राधिकरणका जिम्मेवार अधिकारीसँग समन्वय गर्ने काम गरिरहेको र पुनः गर्ने प्रतिवद्धता जनाए ।
ज्ञापन पत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापतिद्वय पोषण केसी र रमेश गुप्ता, जिल्ला सहसचिव रेणुसिंह ठाकुर, सदस्य अमृतकुमार आचार्य, कांग्रेस नेता निजामुद्दिन अन्सारी ‘छोट्कउ’, ललितकुमार रौनियार, नेतृ रत्ना राणा, काँग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्मा लगायत पुगेका थिए ।
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी