जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई


जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई

नेपालगन्ज १ असार : गैर सरकारी संस्था महासंघ नेपाल बाँकेले जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । गैसससँग आबद्ध रहि हालै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित भएका पदाधिकारी, सदस्यहरुलाई महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

महासंघले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर –१ को अध्यक्ष पदमा निर्वाचित गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर –९ को सदस्य पदमा निर्वाचित महासंघ बाँके शाखाकी कार्यसमिति सदस्य जयन्ति खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६ को वडाध्यक्ष पदमा निर्वाचित महासंघसँग आवद्ध वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दिका अध्यक्ष लवराज खरेललाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।

जनप्रतिनिधिहरुलाई महासंघका अध्यक्ष नमस्कार शाह, संस्थापक अध्यक्ष किरण कोईरालाले फुल माला लगाएर सम्मान गरेका थिए ।

महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघकी संस्थापक अध्यक्ष किरण कोईराला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१ को अध्यक्ष प्रमोद रिजाल, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–९ की सदस्य जयन्ति खत्री, राप्तीसोनारी गाउँपालिका वडा नम्वर– ६ को वडाध्यक्ष वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दिका अध्यक्ष लवराज खरेलले गैससहरुको भुमिका लगायतका बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका – ६ का नवनिर्वाचित वडाध्यक्ष लवराज खरेलले भने –‘जिल्लामा सबै भन्दा बढी नदी खोला दोहन र काठ तस्करी बढी हुने पालिकाको वडा अध्यक्ष भएको छु, यसलाई नियन्त्रण गर्ने हाम्रो पहिलो प्रयासमा नागरिक समाजले सहयोग गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।’

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१ को अध्यक्ष प्रमोद रिजालले गैर सरकारी संस्था स्थानीय सरकारले गर्ने विकासमा सहजीकरण गरिदिने निकाय भएको बताए । जनप्रतिनीधिले गैर सरकारी संस्थाहरुलाई आफ्नो प्रतिद्वन्दीको रुपमा हेर्ने प्रबृतिलाई हटाएर विकासमा सहकार्य गर्न आवश्यक रहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर –९ की सदस्य जयन्ति खत्रीले लामो समयसम्म सामाजिक क्षेत्रमा काम गरेका कारण जनताले विश्वास गरेर आफुलाई निर्वाचित गरेको बताईन् ।

गैर सरकारी संस्था महासंघमा रहेर काम गरेको अनुभवलाई प्रयोग गरेर अब जनप्रतिनीधिको रुपमा जनताको सेवा गर्न कार्यक्रममा सहभागिहरुले सुझाएका थिए । उक्त कार्यक्रममा कोषाध्यक्ष निर्मला सुनारले स्वागत गरेकी थिइन भने कार्यक्रममा ५० बढि गैससकर्मीहरुको सहभागिता रहेको थियो ।