नेपालगन्ज २ असार : नेपाल आयल निगमले डिजल र पेट्रोलमा उच्च बृद्धि सहित भारतबाट इन्धनको नयाँ मूल्यसूची प्राप्त भएको बताएको छ ।
इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढेर आएको हो । यद्यपि आयल निगमले नेपालमा लागु हुने गरी इन्धनको भाउ भने बढाएको छैन ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढेको छ । नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर आसपास पुग्नेछ । यति गरेमा मात्रै निगमको घाटा रोकिनेछ ।
निगमलाई बिहीबारदेखि पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ लाग्ने भएको छ ।
अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ तोकिएको छ । यस्तोमा निगमले पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा भोगिरहेको छ । डिजेलको मूल्य पनि प्रतिलिटर भारतबाट १९ रुपैयाँ ३ पैसा बढेर आएको छ ।
इन्डियन आयलको नयाँ सूचीअनुसार बिहीबारदेखि डिजेलको खरिद मूल्य २ सय नाघेर २ सय २ पुगेको छ ।
अहिले नेपालमा निगमले डिजेल प्रतिलिटर १६५ रुपैयाँमा बेचिरहेको छ । निगमले डिजेलमा मात्रै प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा भोगेको छ । भने मट्टीतेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले रुस–युक्रेन युद्ध जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यमा बढोत्तरी भएको जनाएको छ । त्यही बमोजिम इण्डियन आयल कर्पोरेसनले फेरि बढेको मूल्यसूची निगमलाई पठाएको हो ।
यस्तै भारतबाट बढेको सूची आएपछि अब निगममाथि अझै मूल्य बढाउन दबाब परेको छ । सरकारले १० रुपैयाँ कर घटाए पनि पेट्रोलियमको मूल्य लगत्तै त्यति नै दरमा बढाइसकेको छ ।
इन्डियन आयलको नयाँ मूल्य सूची अनुसार खाना पकाउने ग्यासको खरिद मूल्य उत्ति नै छ । तर, प्रतिसिलिन्डर १८ सय बिक्री रहेको एलपी ग्यासमा निगमले ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा भोगिरहेको छ ।
नयाँ मूल्यसूचीअनुसार खाना पकाउने ग्यासको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुग्नेछ ।
निगमले बिहीबारदेखि आएको नयाँ मूल्यसूची बमोजिम अबका १५ दिनमा ४ अर्ब ८१ करोड घाटा हुनेछ ।
उता निगमको मासिक घाटा नै बढेर ९ अर्ब ६३ करोड पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । निगमका प्रवक्ता उपाध्यायका अनुसार यो हालसम्मै उच्च मूल्य भएकोे भनाइ छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’