डुडुवा (बाँके) ४ असार : डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ ।
गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, झुलुङ्गे पुल तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको हो ।
आर्थिक वर्ष २०७८।०७९ का योजनाहरु अहिले निमार्ण भईरहेका छन् । गाउँपालिकाका ठुला साना सबै योजनाहरु निमार्ण भईरहेको योजना अनुगमन समितिका संयोजक गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् ।
उनका अनुसार डुडुवा गाउँपालिका–४ डुडुवा नालामा निमार्णाधिन झोलुङ्गे पुल, गाउँपालिका भवनको अनुगमन गरिएको छ । गाउँपालिका भवनको निमार्ण कार्यको ९० प्रतिशत कार्य पुरा भएको छ ।
अनुगमनमा विकास निमार्णको गुणस्तरीयता र समयमा निमार्ण सम्पन्न गर्ने लगायतका बारेमा निमार्ण कम्पनीको ध्यानाकषर्ण गराइएको थियो ।
आर्थिक वर्ष सम्पन्न हुन अब केही दिन मात्र बाँकी रहँदा अहिले निमार्णको तिब्र रुपमा अघि बढाइएको छ ।
अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख प्रकाश थापा, योजना शाखा प्रमख ओमबहादुर राना क्षेत्री लगायतको समुहको सहभागिता रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’