राप्तीसोनारी शिक्षा समितिले गर्यो विभिन्न ब्यक्तिलाई मनोनित


राप्तीसोनारी शिक्षा समितिले गर्यो विभिन्न ब्यक्तिलाई मनोनित

राप्तीसोनारी(बाँके) ५ असार : राप्तीसोनारी गाउँपालिका गाउँ शिक्षा समितिले विभिन्न ब्यक्तिलाई शिक्षा समितिमा मनोनित तथा सिफारिस गरेको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा बसेको बैठकले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यको लागि सहिद स्मारक आधारभुत बिद्यालय राप्तीसोनारी– २ को बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदनकुमार ओलीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै गाउँ शिक्षा समितिको महिला सदस्यमा राप्तीसोनारी– ९ निवासी शिक्षा पे्रमी खुमा डाँगी र वडा नम्बर– ३ की सुधा चौधरी तथा दलित सदस्यमा वडा नम्बर– ४ निवासी समाजसेवी विष्णु बिकलाई मिनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी सामुदायिक बिद्यालयका प्रधानाध्यापकबाट प्रतिनिधित्व हुने गरी लक्ष्मी माध्यामिक बिद्यालय राप्तीसोनारी–२ मदुईका प्रधानाध्यापक लक्ष्मण आचार्यलाई मनोनित गर्ने निर्णय गरिएको छ । उक्त बैठकमा गाउँपालिका अध्यक्ष पौडेल, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु (आमन्त्रित), गाउँ शिक्षा समितिका सदस्य मिनराज खड्का, सुमित्रा थारु र सदस्य सचिव जीवन न्यौपानेको उपस्थिती रहेको थियो ।