राप्तीसोनारी(बाँके) ५ असार : राप्तीसोनारी गाउँपालिका गाउँ शिक्षा समितिले विभिन्न ब्यक्तिलाई शिक्षा समितिमा मनोनित तथा सिफारिस गरेको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा बसेको बैठकले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट जिल्ला शिक्षा समितिले मनोनित गर्ने सदस्यको लागि सहिद स्मारक आधारभुत बिद्यालय राप्तीसोनारी– २ को बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मदनकुमार ओलीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै गाउँ शिक्षा समितिको महिला सदस्यमा राप्तीसोनारी– ९ निवासी शिक्षा पे्रमी खुमा डाँगी र वडा नम्बर– ३ की सुधा चौधरी तथा दलित सदस्यमा वडा नम्बर– ४ निवासी समाजसेवी विष्णु बिकलाई मिनोनित गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी सामुदायिक बिद्यालयका प्रधानाध्यापकबाट प्रतिनिधित्व हुने गरी लक्ष्मी माध्यामिक बिद्यालय राप्तीसोनारी–२ मदुईका प्रधानाध्यापक लक्ष्मण आचार्यलाई मनोनित गर्ने निर्णय गरिएको छ । उक्त बैठकमा गाउँपालिका अध्यक्ष पौडेल, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु (आमन्त्रित), गाउँ शिक्षा समितिका सदस्य मिनराज खड्का, सुमित्रा थारु र सदस्य सचिव जीवन न्यौपानेको उपस्थिती रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’