नेपालगन्ज ५ असार : स्थानीय तहको निर्वाचमा राज्यका निकायबाट एमालेमाथि ठाडो हस्तक्षेप भएको नेकपा एमाले बाँकेले आरोप लगाएकोछ । स्थानीय तहको निर्वाचनमा बाँकेका प्रमुख निर्वाचन अधिकृत, जिल्ला प्रहरी प्रमुख लगायतका राज्यका निकायबाट एमालेमाथि ठाडो हस्तक्षेप भएको एमालेले आरोप लगाएको हो ।
निर्वाचन सम्पन्न भएको एक महिनापछि बसेको पार्टीको चौथो पूर्ण बैठकको निर्णयबारे जानकारी दिन आईतबार आयोजित पत्रकार भेटघाटमा एमाले नेताले यस्तो आरोप लगाएका हुन् ।
‘नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का हाम्रो पार्टीका वडाअध्यक्षका उम्मेदवार अजय पाठकको उम्मेदवारी खारेजी गर्नु नै असहयोगको एउटा उदाहरण हो,’ एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पत्रकार सम्मेलनमा निर्धक्कसंग बताए ।
उनले खजुरा गाउँपालिका वडा नम्बर–४ को निर्वाचन परिणाम र नेपालगन्ज–१८ मा एमालेका उम्मेदवार निर्वाचित भएको ८ घण्टापछि मात्र परिणाम घोषणा गर्नुले शंका उत्पन्न गराएको बताए ।
स्थानीय तहको निर्वाचनका बेला राज्यका निकायबाट ठाडो हस्तक्षेपको विरोध गर्दै उनले स्थानीय प्रशासनबाट आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथिको धरपकड तत्काल बन्द गर्न माग गरे । पार्टीको चौथो पूर्ण बैठकबाट नेकपा एमाले, बाँकेले विभिन्न ११ बुँदे सवाल उठाउँदै तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ ।
एमालेले आफूले उठाएको मुद्दाको समाधान नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यस्तै किसानका लागि तत्काल सस्तो, सहज रुपमा धानको बीउ उपलब्ध गराउन स्थानीय निकाय र सरोकारवालासँग एमालेले माग गरेको छ ।
किसानका लागि अति आवश्यकीय मल उपलब्ध गराउन सरकारसँग एमालेको जोडदार माग छ । किसानले खरिद गरेको मललाई स्थानीय प्रशासनले गर्ने धर पकड र दुब्र्यवहार तत्काल बन्द गर्न आग्रह गरेको छ ।
गतवर्ष बेमौसमी वर्षाका कारण धानबालीको क्षति व्यहोरेका किसानलाई एक हप्ताभित्र राहत रकम दिन, कृषि सिचाइँका लागि नियमित रुपमा बिद्युत आपुर्ती गर्नुका साथै लोडसेडिङ बन्द गर्न माग गरिएको छ ।
यस्तै पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य बस्तुको मूल्य फिर्ता गर्न, एसपीपी सम्झौता नगर्न र अर्थमन्त्रीको राजीनामा समेत माग गरेकोछ ।
बाँके जिल्लाका सबै स्थानीय तहले नीति कार्यक्रम र बजेट विनियोजन गर्दा श्रमजिवी, गरिब, विपन्न, दलित, मुस्लिम, आदीवासी जनजाती र मधेसीलाई प्रमुख प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
पत्रकार भेटघाटमा एमालेका केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रिय सदस्य एवम् बाँके सह–इन्चार्जद्वय मोहम्मद हारुन र दीपा शर्मा, लुम्बिनी प्रदेश सदस्य शिव डोटेल, जिल्ला उपाध्यक्ष डिल्ली बिसी, सचिव रत्न खत्री लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच किसानलाई अविलम्ब मल, बीउ उपलब्ध गराउने भन्दै असार १२ गते ११ बजे जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिने कार्यक्रम तय भएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’