‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’


‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’

नेपालगन्ज ६ असार : भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख समेत रहेका सिकेलसेल विशेषज्ञ डाक्टर राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोग न्यूनीकरण गर्न हरेक ब्यक्तिको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका छन् ।

सरकारले सिकलसेल रोगका बिरामीका लागि विशेष राहत कार्यक्रम ल्याएपनि थालेसेमिया रोग सम्बन्धी बिरामीलाई सम्बोधन नगर्दा उपचार गर्न समस्या भइरहेको उनको भनाई छ ।

नेपालगन्जका सञ्चारकर्मीलाई सोमबार अभिमुखिकरण गर्दै डाक्टर पाण्डेले यसका लागि स्क्रिनिङ गर्नु नै उत्तम उपाय भएको बताए ।

उनले भने, ‘कम्तीमा जनसंख्याको एक प्रतिशतलाई रोग समस्याको रुपमा पाए जनस्वास्थ्य समस्या मानिन्छ । बाहुन, क्षेत्री सबैमा भेटिएको छ तर न्यून समस्या छ । बाँके, बर्दिया, दाङ र कैलालीका थारु समुदायमा कम्तीमा १० भन्दा बढीमा पाइएको छ । यो जनस्वास्थ्य समस्या हो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले अति आवश्यकीय औषधिको सूचिमा सिकलसेलका बिरामीले पाउनुपर्ने औषधिलाई समावेश गरेपनि बीमाको सूचिमा भने राखिएको छैन् । जसले गर्दा बीमा गरेका सिकलसेलका बिरामीले बीमा गरेपनि औषधि पाउन नसकेको डाक्टर पाण्डेको भनाईछ ।

थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको र अन्य समुदायमा समेत देखिएको सिकलसेल तथा थालेसेमिया रोगको उपचारलाई प्रभावकारी गराउन सरकारले नीतिगत सुधार गर्न जरुरी रहेको सिकलसेल विज्ञ समेत रहेका डाक्टर पाण्डेको सुझाव छ ।

‘सिकलसेल तथा थालेसेमिया न्यूनिकरणका लागि बाहकको पहिचान गर्न अत्यन्तै जरुरी छ उनले भने–‘त्यसका लागि कम्तिमा पनि विहे अगाडि किशोर किशोरीको स्क्रिनिङ गर्नै पर्छ ।’

सिकलसेल तथा थालेसेमियाबाट भावि पुस्तालाई जोगाउने उपाय भनेकै रोगी–रोगीबीचको विवाह रोक्नु हो । यदी एउटा रोगी र अर्को निरोगी छ भने विवाह गर्न मिल्ने डाक्टर पाण्डेको भनाइ छ । सिकलसेल र थालेसेमिया रोगको उपचार खर्चिलो हुने भएकाले राज्यले नीतिगतरुपमा पहलदकमी लिनु पर्ने डाक्टर पाण्डेले बताए ।

पश्चिम नेपालका थारु समुदायमासहित अन्य समुदायमा समेत देखिएको सिकलसेल रोगका बिरामीलाई आवश्यक औषधि बीमाको सूचिमा समेत नसेटिएका कारण थप सास्ती खेप्नु परेको छ ।उनले सिकलसेल र थालेसेमियाका बिरामीको वीमाको प्रिमियर सरकारले नै तिरिदिनु पर्ने तर्क राखे ।

सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतले पनि सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे आफ्नो धारणा राखेका थिए ।

थप समाचार

थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे

रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्