नेपालगन्ज ८ असार : अवधी पत्रकार संघ नेपालको चौथो केन्द्रिय महाधिबेशन तथा १४ औं साधारण सभाको तयारी शुरु गरिएको छ । संघको केन्द्रिय महाधिबेशन तीन महिनाभित्र गर्ने निर्णय गरिएको छ ।
संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा बुधबार बसेको बैठकले महाधिबेशनको तयारीका लागि नयाँ सदस्यता आबेदन र सदस्यता नविकरणका लागि सर्कुलर जारी गरेको छ ।
बाँकेसहित काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग र बर्दिया जिल्ला शाखामा रहेका सम्पुर्ण सदस्यहरुको नविकरण र नयाँ सदस्यताका लागि आबेदन खुल्ला गरिएको बैठकले निर्णय गरेको छ ।
नयाँ सदस्यता र नविकरण पश्चात जिल्ला शाखाहरुको अधिबेशन गरिने छ । सोका लागि सबै जिल्ला शाखाहरुलाई १५ दिनभित्र आफ्ना सदस्यहरुको नविकरण गर्न केन्द्रिय समितिले अनुरोध गरेको छ ।
बैठकले संघको प्रशासनिक कार्यालयको दैनिक कार्य सञ्चालनका लागि संघका सदस्य भिष्म लोधलाई जिम्मेवारी प्रदान गरेको छ । बैठकले अवधी समुदायका अगुवा चित्रकार आशाराम मौर्यको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।