कुन पालिकाले कति अंक पाए विस्तृत
File Photo
डुडुवा (बाँके) ९ असार : बाँकेको डुडुवा गाउँपालिका संस्थागत क्षमता स्वःमूल्याङ्कनमा राम्रो अंक ल्याएर यस वर्ष पनि बाँके जिल्लामै पहिलो भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिकाले ५९ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन कार्यविधि २०७७ अनुसार डुडुवा गाउँपालिका जिल्लाकै पहिलो भएको हो ।
बाँकेका ८ वटै स्थानीय तहहरुको मूल्याकंनमा डुडुवाको सबै भन्दा बढी अंक आएको हो । जिल्ला समन्वय समिति बाँकेमा आयोजित एक कार्यक्रममार्फत मूल्याकनकर्ता चानक्य अधिकारीले जिल्लाका सबै पालिकाको अंकसहितको नतिजा घोषणा गरेका थिए ।
स्वमूल्याकंनका विषय क्षेत्रहरुमा पालिकाको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वय लगायत १० विषय क्षेत्र अन्र्तगत एक सय सूचकलाई विश्लेषण गरि अंक प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार स्वमूल्याकनमा अंक बढी आउनु भनेको कार्यालयको काम काज तथा प्रक्रिया व्यवस्थित रहेको देखाउँछ । गतवर्ष पनि डुडुवाले स्वमूल्याङ्कनमा ६६.७५ प्रतिशत अंक प्राप्त गरि पहिलो भएको थियो ।
यस्तो छ बाँकेका पालिकाहरुको स्वमूल्याङ्कन अंकभार (प्रतिशतमा)
१) डुडुवा गाउँपालिकाको ५९ प्रतिशत
२) जानकी गाउँपालिकाको ५३ दशमलव २५ प्रतिशत
३) नेपालगन्ज उपमहानगरपालिकाको ४८ दशमलव ५ प्रतिशत
४) खजुरा गाउँपालिकाको ४८ दशमलव ५ प्रतिशत
५) बैजनाथ गाउँपालिकाको ४५ दशमलव ५ प्रतिशत
६) नरैनापुर गाउँपालिकाको ३९ दशमलव ९५ प्रतिशत
७) कोहलपुर नगरपालिकाको ३३ दशमलव २५ प्रतिशत
८) राप्तीसोनारी गाउँपालिकाको ३० दशमलव ५ प्रतिशत