शारदा आधारभूत विद्यालयलाई करिब १३ लाखको आइसिटी सामाग्री प्रदान


शारदा आधारभूत विद्यालयलाई करिब १३ लाखको आइसिटी सामाग्री प्रदान

ठाकुरबाबा (बर्दिया) ९ असार : बर्दियाको शारदा आधारभुत बिद्यालयलाई करिब १३ लाख मूल्य बराबरको आइसिटी सामाग्री प्रदान गरिएकोछ ।

सामाजिक सचेतन सरोकार मञ्च स्याक (स्याक) नेपाल, बाँकेका अध्यक्ष शिवलाल पाण्डेले ठाकुरबाबा नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष एवम बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष शम्भुप्रसाद थारुलाइ उक्त आइसिटि सामाग्री प्रदान गरेका हुन् ।

कुल १२ लाख ९९ हजार ७५६ रुपैयाँ बराबरको आइसिटि सामाग्री अन्तरगत डेस्टप तथा एलीडी कम्युटर १२ सेट, ल्यापटप १ पीस, प्रोजेक्टर १ पीस, एलीडी टिभि ४ पीस, कम्युटर टेवल १२ पीस, पेनड्राइभ ५ पीस, १५ थान कुर्सी, मल्टीप्लक १० पीस लगाएको सामाग्री रहेकाछन् ।

उक्त कार्यक्रममा ठाकुरबाबा नगरपालिका शिक्षा शाखाका प्रास ऋषी प्रसाद गड्तोलाले बिद्यालयमा प्रबिधिमैत्री कक्षा तथा सिकाइ वातारण सिर्जना हुने र यसले दीर्घकालिन रुपमा प्रबिधिमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भइ नमुना विद्यालय सञ्चालन हुनेमा आफुले अपेक्षा गरेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै बिद्यालयका प्रधानाध्यपक नवराज ढुगांनाले परियोजना अन्तरगत हुने सहयोगबाट विद्यालयको समग्र शैक्षिक पक्षमा महत्वपुर्ण सुधारका काम तथा उपलब्धी देखिएको बताउँदै आइसिटि सामाग्री सहयोगले बर्दिया जिल्लाको आधारभुत तहमा प्रबिधिमैत्री कक्षा शिक्षण गरि नमुना विद्यालय निर्माणमा सहयोग पुग्ने बताए ।

हस्तान्तरण कार्यक्रममा आफ्नो भनाइ राख्दै स्याकका अध्यक्ष पाण्डेले जिल्ला भरिमा आधारभुत तहमा प्रबिधिमैत्री कक्षा, शिक्षण क्रियाकलाप र अन्य गतिबिधी सञ्चालन भइ जिल्लाको नमुना विद्यालयको रुपमा देख्ने र सुन्न पाएपछि सहयोग गरिएको सामाग्रीको उपलब्धी प्राप्त हुने धारणा राखे ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा बिगत एक वर्षदेखि स्याक नेपाल र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सिकाइ परियोजना सञ्चालनमा रहेको छ ।

विद्यालयलाई आइसिटि सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, शिक्षा युवा तथा खेलकुद शाखा प्रतिनिधि, स्याक नेपाल बाँकेका कार्यसमिती सदस्य लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रमको उद्देश्य, महत्व र लागत बिबरण बारे स्याकका परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले प्रकाश पारेका थिए ।